६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेस्थली घटना : घटनास्थलमा भेटियो चार पेजको ‘सुसाइड नोट’, श्रीमती बेलायत जाने तयारीमा थिइन्



अ+ अ-

काठमाडौँ । काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार सदस्य मृत भेटिएको घरमा चार पेजको ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थलमा फेला परेको ‘सुसाइड नोट’मा के लेखिएको छ भन्नेबारे प्रहरीले केही बताएका छैन ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । घरमा पाण्डेसहित श्रमती र छोराछोरी मृत फेला परेका हुन् ।

दिनेशलाई झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको छ । कोठाको भित्रबाट चुकुल लगाई पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर उनले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाएको छ । भित्र भुइँमा तीन जनाको शव लडेको र दिनेशको झुण्डिएको अवस्थामा फेला परेको थियो । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा बढी स्थानमा चक्कु प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

गोरखाको भीमसेन थापा गाउँपालिकास्थित आश्राङ घर भएका उनीहरुको पदमसालमा एक तले घर थियो भने घर नजिकै चोकमा फेन्सी पसल सञ्चालनमा थियो । स्थानीयवासीका अनुसार दम्पतीबीच बारम्बार झगडा हुने गरेको थियो ।

झगडाकै क्रममा श्रीमान् दिनेशले घर बेच्न खोजेपछि विवाद उग्र बनेको थियो । दम्पतीबीच घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिई दिनेशले घर बेच्न १० लाख बैना गरेको खुलेको छ । यस्तै सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि प्रहरीले पत्ता लगाएको छ ।

माइती पक्षले छोरीलाई बेलायत पठाउने भनेर निर्णय गरेर श्रीमती सुनीताको भिसा पनि आइसकेको पाइएको छ। बेलायत जाने तयारी हुँदै गर्दा परिवार नै सखाप बनेको छ ।