१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा ७३ विद्यार्थी अपहरित



अ+ अ-

लागोस । नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् । 

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरुलाई अपहरण गर्न ठू्लो सङ्ख्यामा लडाकू आएका उल्लेख गरिएको छ । 

बुधबार बिहान काया गाउँबाट उनीहरुलाई अपहरण गरिएको र कता लगे भन्ने बारेमा एकिन हुन नसकेको अधिकारीले जनाएका छन् । अपहरित बालबालिका माध्यामिक तहका विद्यार्थी रहेका जनाइएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।