२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा महासचिव विप्लवविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौँ । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित अपराधको कसुरमा चन्दसहितका केही नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, उनकी श्रीमती नन्दा विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतले उनीहरुलाई ३५ दिनभित्र उपस्थित हुन आदेश जारी गर्दै अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी दिएको छ ।

महासचिव विप्लवलगायतका नेता लामो समयदेखि भूमिगत राजनीतिमा सक्रिय थिए । विसं २०७७ फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति थियो । सहमतिअनुसार विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउन, पक्राउ परेका बन्दीको रिहाइ गर्न र उनीहरुविरुद्धको मुद्दा खारेज गर्न सरकार सहमत भएको थियो । त्यसपछि विप्लव समूह खुला राजनीतिमा आएको थियो । सो अघि सरकारले हत्या हिंसामा लागेको भन्दै विसं २०७५ फागुन २८ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।