२८ मंसिर २०८२, आईतवार
,
Latest
गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटो जोगाऔं



अ+ अ-

अहिलेको पर्यावरण तथा जलवायु परिवर्तनको अवस्था बारे हामी सबैलाई थाहा नै छ ।

विश्वव्यापी रूपमा तापमान बढ्नुका साथै वन्यजन्तुहरू लोप भइरहेका छन्। पानीको हाहाकार उत्तिकै छ । तसर्थ, यतिखेर मानवजातिको लागि सबैभन्दा गम्भीर खतरा भने ‘माटोको विनाश’ हुनु हो।

द्रुत गतिमा माटोको गुणस्तर घट्दै गएकोले जमीनको अन्न उब्जाउने क्षमता निकै खस्किएको छ ।

विश्व खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वको ५२५ खेती योग्य माटो नष्ट भइसकेको छ । संयुक्त राष्ट्र सङ्घले भने अनुसार हामीसँग अब केवल ६० वर्षको लागि माटो बचेको छ। एक acre खेती योग्य जमिन एक सेकेन्डमा मरुभूमि बनि रहेकोछ । यसरी माटो नै सखाप हुने अवस्था श्रृजना भईरहेको समयमा माटोलाई विनाश हुनबाट जोगाउनका लागि १०० दिन, ३०,००० किलोमिटर, एकल मोटरसाइकल यात्रामा रहनुभएका योगी एवं दूरदर्शी, सद्गुरुलाई आभार र शुभकामना व्यक्त गर्न चाहन्छु ।

साथै, यस विश्वव्यापी *माटो जोगाऔँ* (Save Soil) अभियानलाई पनि समर्थन गर्न चाहन्छु । यस अभियानको उद्देश्य विश्वभरिबाट ३.५ अर्ब मानिसहरू, विश्वभरिका ६०५ मतदाताहरूको समर्थन जुटाउने, माटोलाई पुनः जीवन्त पार्न र यसको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने, रहेको छ।

यस अभियानलाई हामीले पनि समर्थन गरी, सोही अनुरुप नितिगत व्यवस्था लागु गर्न सकेमा भावी पुस्ताले माटो विनाश एवम् खाध्यान्न संकट जस्ता भीषण परिस्थितीको सामना गर्नुपर्ने स्थिति हुने थिएन ।

तसर्थ, सोही नितिगत व्यवस्था लागु गर्न नेपाल सरकारको पनि ध्यानाकर्षण गर्न चाहन्छु र यहाँहरु सबैजनालाई यस अभियानलाई समर्थन गरी यसलाई साकार पार्न आह्वान गर्दछु । माटो जोगाऔं ।

नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता श्रेष्ठको फेसबुकबाट