वीरगञ्ज । चितवनको भरतपुर अस्पतालको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली अस्पतालमा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार भरतपुर अस्पतालले टेन्डरमा सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसी तर्फकालाई नदिएर सीएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतका उजुरी परेको हो ।
उपसचिव सापकोटाले अनुसन्धानको लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको जानकारी दिएका छन् ।











