१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको स्थानीय तह परिचालन विभागले पायो पूर्णता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह परिचालन विभागले पूर्णता पाएको छ । पार्टीकी उपाध्यक्ष रोशन कार्कीको संयोजकत्वमा विभागलाई पूर्णता दिइएको हो ।

सदस्य सचिवमा केदार न्यौपाने रहेका छन् । अन्य सदस्यहरुमा प्रा डा.गीता भक्त जोशी (काठमाडौं), पर्शुराम तामाङ्ग (धादिङ), रामहरि थापा (भक्तपुर), सुनिता शाह (सुर्खेत), केदार धमला (काठमाडौं), बलराम खनाल (चितवन) र भूमिराज निरौला (खोटाङ) रहेका छन् ।

नवनियुक्त विभागका पदाधिकारीहरुलई अध्यक्ष राजेन्द्र लिङ्देनले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।