• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

अर्थमन्त्रालयमा शर्माको ‘कमब्याक’, अर्थसचिव मरासैनी विदामा



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्री शर्माले आजै साँझ राष्ट्रपति कार्यालयमा सपथ लिँदै हुनुहुन्छ ।

संयोगवश अर्थसचिव मधु मरासैनी विदामा पोखरा जानुभएको छ । यसअघि पनि अर्थमन्त्री शर्माले १४ जेठमा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दरहरू हेरफेर गराएको आरोप खेप्दा अर्थसचिव मरासैनी अनिश्चितकालका लागि विदामा बस्नुभएको थियो ।