१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रालयमा शर्माको ‘कमब्याक’, अर्थसचिव मरासैनी विदामा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्री शर्माले आजै साँझ राष्ट्रपति कार्यालयमा सपथ लिँदै हुनुहुन्छ ।

संयोगवश अर्थसचिव मधु मरासैनी विदामा पोखरा जानुभएको छ । यसअघि पनि अर्थमन्त्री शर्माले १४ जेठमा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दरहरू हेरफेर गराएको आरोप खेप्दा अर्थसचिव मरासैनी अनिश्चितकालका लागि विदामा बस्नुभएको थियो ।