१२ मंसिर २०८१, बुधबार
,
Latest
तपाई आफ्नो सच्चा मित्र को हो भनेर चिन्न सक्नुहुन्न भने यी ५ संकेतहरुबाट हेर्नुहोस् महिलालाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ रास्वपाका प्रमुख सचेतक परियारले भेटे प्रधानमन्त्री रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाणद्वारा खोटाङ भूूकम्पबारे जानकारी



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले आज बिहान खोटाङमा गएको ६ रेक्टर स्केलको भूकम्प, त्यसबाट भएको क्षति र सरकारले गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ ।

गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिनुभएको हो । उहाँले प्रभावित भएका भए उचित व्यवस्थापन गर्न तथा जिल्ला र प्रदेशको स्रोतसाधनले नपुगेमा केन्द्रमा जानकारी गराउन निर्देशन दिनुभएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार जिल्लाको मार्तिमविर्ता केन्द्र बनाएर भूकम्प गएको थियो । भूकम्पबाट साकेला गाउँपालिका–५ वृष्टिका विकास कटुवालको ढुङ्गाको घर, डाडागाउँका प्रकाश प्रधान, हलेसी तुवाचुङ।नगरपालिका–९ सल्लेका ध्रुव पौडेल र सोही नगरपालिका–७ का सयङ्खुका गङ्गा राईको घरमा क्षति पुगेको छ ।

गृहमन्त्रालयका अनुसार अहिलेसम्म क्षतिको पूर्ण विवरण आएको छैन । सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईंले जानकारी दिनुभएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।