• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित



file photo

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दिउँसो तीन बजेका लाागि तय भएको स्थायी समितिको बैठक स्थगित भएको छ।

संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ ।

यद्यपि, अर्को बैठकको समय भने तोकिएको छैन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि बैठक बस्ने माओवादीको तयारी छ ।

यसअघि दुई पटक बसिसकेको स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका एजेन्डामा छलफल भए पनि कुनै निर्णय भने हुन सकेको थिएन । आजको बैठकबाट ती सबै एजेन्डामा निर्णय गर्ने माओवादीको तयारी थियो ।