५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले घाटा भयो- माधव नेपाल



अ+ अ-

डोटी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले सबै क्षेत्रबाट उम्मेदवारी दिने बताउनुभएको छ ।

एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर उम्मेदवारी दिँदा पार्टीलाई घाटा लागेको बताउनुभयो । “गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम आएन”, उहाँले भन्नुभयो, “त्यतिबेला आफ्नै बलले निर्वाचनमा होमिएका भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।” पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सत्ता गठबन्धनमा स्थानीय निर्वाचनको समयमा जालझेल भएको र गठबन्धनका अन्य दलहरुमा इमानदारी नदेखिएको बताउनुभयो ।

उहाँले अब संघ र प्रदेशको निर्वाचनमा पार्टीले राम्रो नतिजा देखाउनुपर्ने बेला आएको बताउनुभयो । स्थानीय निर्वाचनबाटै सबै बफादार नभएसम्म गठबन्धन भनेर मात्र नहुने रहेछ भन्दै अध्यक्ष नेपालले भन्नुभयो, “स्थानीय निर्वाचनमा त्यस्तो बफादारिता देखिएन, अब हामी आफ्नै खुट्टामा उभिनुपर्छ, अब सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपर्छ ।”

उहाँले आगामी निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने तर चुनावी मोर्चा भने बनाउन सकिने प्रष्ट पार्नुभयो । पार्टी एकताका लागि गृहकार्य भने भइरहेको उहाँको भनाइ थियो । वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म कायमै राख्नुपर्छ भन्दै उहाँले विचार र मान्यताबाट सिर्जना भएको गठबन्धनको औचित्य समाप्त भइनसकेको बताउनुभयो ।