३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न एमाले उपाध्यक्ष पौडेलको माग



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एबं सांसद बिष्णु पौडेलले स्टेट पार्टनरसिप प्रोग्राम (एमपीपी)बारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गर्नुभएको छ ।

उपाध्यक्ष पौडेलले न्युजपोलारसँग भन्नुभयो ‘यस बिषयमा सरकारले संसदलाई जानकारी गराउनु सकारात्मक भए पनि सार्वभौम संसदले पत्र हेर्न पाउनु पर्छ ।’ उहाँले भन्नुभयो’संसदले त्यो पत्र हेर्न पाउनु पर्छ नत्र सरकार अर्को कुनै मौका कुरेर पनि संम्झौतालाई अगाडी बढाउने प्रयास गर्न सक्छ ।’

उहाँले भन्नुभयो ‘एसपीपी संम्झौतालाई अपरादर्शी र षडयन्त्रपूर्बक ढंगबाट अघि बढाउने प्रयास भएको थियो ,प्रमुख प्रतिपक्षदल एमाले र जनस्तरबाट बिरोध भएपछि सरकार बाध्य भएर एक कदम पछाडी हटेको छ तर फेरी मौका कुरेर बसेको जस्तो देखिएको छ ।’

मन्त्रीपरिषद्ले दुई साता अघि नै एसपीपी अस्वीकार गर्ने निर्णय गर्दे अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो । तर पत्र पठाएको कुरा सार्वजनिक भएको थिएन ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाएको जानकारी गराउनु भएको थियो ।