२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका धराप फुटपाथमा जोखिमपूर्ण पैदलयात्रा (फोटोफिचर)



सातदोवाटो लगनखेलमा फुटपाथ भत्काएर सडकमै राखिएको निर्माण सामाग्री ।
अ+ अ-

काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भइ ढुक्कसँग हिँड्न योग्य छैनन् । देशको संघीय राजधानी शहर काठमाडौंमा चिल्ला सडक, सफा अनि ह्विलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर संघीय राजधानीको अवस्था त्यस्तो छैन ।

यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन् । खाल्डोखुल्टी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ । यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ । फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ ।

हिँड्दा हिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन । त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरु भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन । कतिपय सडकपेटीमा नै बालुवा, तार गिटी अर्थात निर्माणका सामग्री छरपस्ट हुन्छन् ।

त्रिपुरेश्वरमा पर्खाल भत्केपछिको फुटपाथ ।
ललितपुर थसिखेल फुटपाथमा फ्याकिएको फोहोर ।
पाटनको अग्नीशाला नजिकै फुटपाथमा रहेको रुख ।
वालकुमारी सडकको फुटपाथमा रहेको खाल्टो ।
बानेश्वरको फुटपाथमा पार्क गरिएका मोटरसाइकलहरु ।
बानेश्वरको फुटपाथमा नेपाल प्रहरीले आन्दोलनकारीलाई रोक्न राखेको काँडेतार ।
सानेपा सडकमा राखिएको निर्माण सामाग्री ।
सातदोवाटो लगनखेलमा फुटपाथ भत्काएर सडकमै राखिएको निर्माण सामाग्री ।
लगनखेल सातदोवाटो सडकको फुटपाथ ।
काठमाडौं दरवारमागमा भत्केको फुटपाथ ।
मंगलबजार सडक हुँदै गन्तव्यतर्फ जाँदै यात्रु ।
सानेपा फुटपाथमा लगाइएको रुख ।
चापागाँउको हिलाम्मे सडक ।