२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे २ करोड बीमा रकम हत्याउन आफ्नै पतिलाई सवारी दुर्घटनामा पारेर हत्या !



अ+ अ-

काठमाडौं । व्यक्तिको हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बाँके कोहलपुरकी एक युवतीले २ करोड ५० लाख रुपैयाँको जीवन बीमा रकम लिनका लागि आफ्नै पतिको सवारी दुर्घटना गराई हत्या गराएको खुलेको हो ।

गत वैशाख २ गते मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका ११ बस्ने सर्जन विकलाई मिनी बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

उक्त दुर्घटना बीमा रकम लिने उद्धेश्यले नियोजित रूपमा गराइएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीले उक्त हत्यामा संलग्न रहेको आरोपमा मृतककी पत्नी २१ वर्षकी सपना मल्ल, स्याङ्जा वालिङ ६ घर भई हाल बाँके कोहलपुर ११ बस्ने ३१ वर्षीय सन्जीव अर्याल, कोलहपुर १५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका ८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर ११ का ३८ वर्षीय दीपक केसी र कोहलपुर १ की २१ वर्षीय आरती भन्ने ललिता सापकोटा रहेका छन् । उनीहरूलाई विभिन्न मितिमा विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

गत बैशाख २ गते भे १० प १७२७ नम्बरको मोटरसाइकलमा सवार विकलाई बैजनाथपुर ६ लालपुरमा भित्री सडकमा विपरीत दिशाबाट आइरहेको भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिएको थियो । उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा निधन भएको थियो ।

सर्जन विकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवनबापत २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिएको हो । मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् । तर नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो । रिलायन्सले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पत्र लेख्यो ।

प्रहरीका अनुसार अयार्लको खातामा ८० लाख ३६ हजार, दिपकको खातामा ६० लाख, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार र सपनाको खातामा ४६ लाख ८९ हजार रुपैयाँ भेटिएको छ । यस्तै, ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको पाइएको प्रहरीले जनाएको छ ।

एक महिना अघि मात्र विवाह गरेकी आफ्नै पत्नी सपनासहितका व्यक्तिहरूले जीवन बीमावापतको रकम लिनकै लागि उनको नियोजित ढंगले हत्या गरेको खुलेको प्रहरीको दाबी छ ।