१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’
फाईल फोटो
अ अ+ अ-

टीकापुर । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् ।

जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्र्तीण हुनुभयो । उहाँ छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा तयार हुनुहुन्छ । “छोरी ३ जिपिए ल्याएर उत्तीर्ण भएकी छिन्, उनले पहिला राम्रो विषय अध्ययन गर्नु भनेकी थिइन् तर अहिले नतिजा खासै राम्रो आएन, सक्दिनकी भन्न थालेकी छिन्’’, उहाँ भन्नुहुन्छ, ‘‘बच्चालाई अनावश्यक दबाब दिनुभन्दा उहाँले सक्ने र रुचि भएको विषय छनोट गर्न भनेका छौँ । शिक्षकसँग पनि परामर्श लिइरहेका छौँ ।’’

लम्कीचुहा नगरपालिकाका लोकबहादुर देउवाकी भतिजी पनि यस वर्षको एसइईमा उत्र्तीण हुनुभएको छ । देउवाको परिवार छोरीको नतिजापछि कुन विषय पठाउने भन्नेबारे छलफलमा छन् । ‘‘हामी छोरीको नतिजापछि हिजोमात्रै छलफलमा बस्यौँ, छोरीको रुचिबारे छलफल भयो, उनलाई विषय छनोट र त्यसका फाइदाबारे समेत जानकारी दिने काम गरेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘छोरीको रुचिसँगै उनको भविष्य कसरी सुरक्षित गराउन सकिन्छ भन्नेबारे पनि हामी सचेत छौँ ।’’

देउवा परिपक्क नभएका बालबालिका कहिलेकाहीँ सही विषय छनोट गर्न नसक्ने भएकाले बालबालिकलाई परिवार र शिक्षकले विषय छनोटमा सघाउनुपर्ने बताउनुहुन्छ । ‘‘हामीले छोरीलाई दबाब होइन सही सल्लाह भने दिनुपर्छ’’, उहाँ भन्नुहुन्छ ।

टीकापुरका सरोज चौधरी यसवर्ष एसइई उत्र्तीण हुनुभएको छ । यसअघि विज्ञान विषय पढ्ने तयारीमा रहेका सरोज राम्रो नतिजा नआएपछि भने अन्योलमा हुनुहुन्छ । ‘‘विज्ञान पढ्ने र पछि डाक्टर पढ्ने सोचमा थिएँ, तर एसइईमा राम्रो नजिता ल्याउन सकिएन’’, उहाँ भन्नुहुन्छ, ‘‘परिवारले विज्ञान विषय नै पढ्न भनेका छन्, शिक्षकले भने व्यवस्थापन विषय पढ्न सल्लाह दिनुभएको छ । म भने अन्योलमा छु ।’’

कैलालीकै नन्दा विक पनि यस्तै समस्यामा हुनुहुन्छ । उहाँलाई शिक्षातर्फ अङ्ग्रेजी पढ्न मन छ । उहाँको परिवारले अनिवार्य विज्ञान पढ्न भनेको छ । ‘‘मलाई विज्ञान पढ्न मनै छैन, नजिता आएको दिनदेखि मलाई खुसीभन्दा तनाव छ’’, उहाँले भन्नुहुन्छ, ‘‘बुबाआमाले विज्ञान पढेमा पछि धेरै बाटा खुल्ने बताउनुहुन्छ । मलाई चाँही अग्रेजीमै रुचि छ । अभिभावक फकाउने काममा लागेकी छु ।’’

अभिभावक पनि बालबालिका परिपक्व नभएकाले विषय छनोट गर्दा ध्यान नदिन सक्छन् भन्नेमा सचेत हुन आवश्यक छ । बालबालिकाले उनीहरुको क्षमता र मन लागेको विषय पढाउने विषयमा शिक्षकसँग छलफल गरेर पठाउनु आवश्यक छ । अभिभावक प्रेम रेग्मी कतिपय बालबालिका आफ्ना पुराना साथीसँगै पढ्न चाहने भएकाले समस्या हुने गरेको बताउनुहुन्छ ।

‘‘बालबालिका रुचि, क्षमताभन्दा साथी नछुटुन भन्ने चाहन्छन्, उनीहरु सबै एउटै विषय पढौँ भनेर निर्णय लगिदिन्छन्’’, उहाँ भन्नुहुन्छ, ‘‘यस्तो बेला अभिभावकले सही मार्ग देखाउन आवश्यक छ ।’’

खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल बालबालिकालाई एसइई परीक्षापछि पढ्ने विषयमा अभिभावक र विद्यार्थीसँग छलफल गर्ने गरिएको, बालबालिकाको क्षमता र रुचिमा अभिभावकलाई नदिन आग्रह गर्ने गरिएको बताउनुहुन्छ । ‘‘हामीलाई विद्यार्थीको क्षमता कति छ थाहा हुन्छ, उसको क्षमताअनुसारको विषय पढ्न सल्लाह दिने गरेका छौँ, अभिभावकलाई बोलाएर समेत छलफल गरिरहेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘रुचि बिनाको र क्षमता बिनाको विषय पढ्न लगाउँदा बालबालिकाको भविष्य बिग्रन सक्छ । यसमा अभिभावक जिम्मेवार बन्नुपर्छ । बालबालिकाको क्षमता छैन तर विज्ञान पढ्न दबाब दिने, व्यवस्थापन पढ्न दबाब दिने अभिभावक धेरै छन् । उनीहरुलाई सम्झाउने गरेका छौँ ।’’