८ भाद्र २०८३, सोमबार
,
Latest
‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी आर्थिक सहयोगको परियोजना हुनुपर्छ – नेपाल



अ+ अ-

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर अगाडि बढाउनुपर्ने  बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा  आयोजित  पत्रकार सम्मेलनमा उहाँले  अहिले एमसीसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व  र यसमा नेपालीको रोजगारीको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गर्नुभयो  ।

“यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक  सुरक्षित हुनुपर्दछ”, उहाँले भन्नुभयो, “परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ । परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ । ” अध्यक्ष नेपालले आफ्नो पार्टीले  यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने  स्पष्ट पार्नुभयो । रासस