२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार कार्यालयभित्र बाँदर आतङ्क !



अ+ अ-

सुदूरपश्चिम । कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय बाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिनुभयो ।

भन्सार कार्यालयको मुख्य ढोकाबाट भित्र पसेका बाँदरले ठाउँठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उहाँ नाक र मुख छोपेर हिँड्न बाध्य हुनुभएको हो ।

उहाँले भन्नुभयो, “बाँदरको दिसाले कार्यालयभित्र हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिँदा पनि कार्यालयको सरसफाइ र रेखदेखमा ध्यान नदिँदा सेवाग्राहीलाई समस्या भइरहेको छ ।”

भन्सार कार्यालयभित्र बैंकले सेवाग्राहीको सहजताका लागि आफ्नो काउन्टर सञ्चालन गरेको छ । भित्र पसेका बाँदरले भन्सार छलेर चोरी पैठारीको अभियोगमा दाखिला भई बरण्डाको कुनामा बोरामा राखिएको खाद्य सामग्री खाएर नोक्सान पु¥याइरहँदा बाँदरलाई धपाउने कोही थिएनन् ।

कार्यालय समयमा सेवा लिन पुगेका एक जना सेवाग्राही कोठाकोठा चहार्दै गर्दा पनि कोही कर्मचारी नभेटिएको गुनासो गर्दै हुनुहुन्थ्यो । नाम भन्न नचाहेका उहाँले भन्नुभयो, “राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयमा समयमै कर्मचारी नभेटिने समस्याका बीच आज कार्यालयभित्र भेटिएका बाँदर नै आफूलाई झम्टिन आउँदा डर लाग्यो ।”

कार्यालयको मुख्य ढोकाको छेउमा रहेको ‘हेल्प डेस्क’मा बसेका भन्सारका एक कर्मचारीले भन्नुभयो, “हिजो कार्यकक्षमै पसेर उपद्रो मच्चाएका बाँदरलाई बाहिर धपाउन हैरानी खेप्नुपर्र्यो ।”

भन्सार छलेर चोरीपैठारीको अभियोगमा प्रहरीले झण्डै तीन/चार बोरा परिमाणको उक्त खाद्य सामग्री (पानीपुरी) बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो । लिलाम गर्नुपर्ने उक्त खाद्य सामग्री कार्यालयको बरण्डामा थन्क्याइँदाभित्र पसेका बाँदरले खाएर नोक्सान पुर्याएका हुन् । उक्त खाद्य सामग्रीको भन्सार शुल्क लाग्ने गरेको बताइएको छ ।