२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निवासमा किन पुगे गृहमन्त्री



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण शीतलनिवास पुगेका छन् । बिहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुगेका हुन् । 

राष्ट्रपति भण्डारीले गृहमन्त्रीसँग मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको बताइएको छ । देशका विभिन्न भागमा आएको बाढी, पहिरा र डुबानका सन्दर्भमा पनि गृहमन्त्री खाँणले राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए ।

राष्ट्रपतिले महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे पनि चासो राखेको बुझिएको छ ।  सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका धामी घटनाको प्रतिवेदन भदौ १५ गते सार्वजनिक गरेको थियो । 

धामी बेपत्ताबारे छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको खाँणले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।