८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

दम्पती हत्याले शोकमग्न छ बस्ती

दम्पती हत्याले शोकमग्न छ बस्ती
अ+ अ-

राँझा । बाँकेको कोहलपुर–१४ ओढरपुरका कृष्णकुमार गडरिया दम्पतीको घरमै सुतेको अवस्थामा सोमबार राति हत्या भएपछि बस्ती नै शोकमा छ ।

घरमै सुतिरहेका व्यक्तिको योजनाबद्ध तरिकाले हत्या भएको खबरले सबैमा डर र त्रास उत्पन्न भएको स्थानीयवासी रामसोहन खटिकले बताउनुभयो । पच्चिस वर्षीय कृष्ण र उहाँकी २३ वर्षीया पत्नी अञ्जलीको मङ्गलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । “आफ्नै घरमा सुतेको व्यक्तिमाथि भएको यो घटनापछि बस्ती पूरै त्रासमा छ”, उहाँले भन्नुभयो, “यस घटनापछि गाउँका धेरै व्यक्ति चिन्तित छन् ।”

कृष्णका सहोदर दाजु विजयकुमार र पत्नी रेखाको योजनामा घटना भएको तथ्य प्रहरीले पत्ता लगाएपछि स्थानीयवासी आक्रोशित भएका छन् । मृतक दम्पतीको बिहीबार दाहसंस्कार भएको छ । आफ्नै दाजुबाट धन र अन्य सम्पत्तिको लोभमा यस्तो अपराध हुनाले समाजमा डर र त्रासमात्रै नभई एउटा नकारात्मक सन्देश फैलिएको अर्का स्थानीयवासी अनिता पौडेलले बताउनुभयो ।
ती दम्पतीको हत्यामा नेपालगञ्ज उपमहानगरपालिका–१९ सुर्जीगाउँका १९ वर्षीय राजन सोनकर र नेपालगञ्ज–१८ लग्दहवाका २६ वर्षीय सकिल अली शेषको संलग्नता पुष्टि भएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका आरोपीले प्रहरीसमक्ष घटना स्वीकारेका छन् । गडरिया दम्पतीको एक वर्ष पहिले मात्र विवाह भएको थियो । कृष्णका सहोदर दाजु विजयकुमार र पत्नी रेखाको योजनामा नेपालगञ्जका सोनकर र शेषलाई प्रयोग गरिएको तथ्य पनि प्रहरीले पत्ता लगाएको छ ।

गडरिया दम्पतीको हत्या घाँटीमा डोरीले कस्दा निस्सासिएको र हातको नशासमेत काटिएएर अत्यधिक रक्तश्रावबाट भएको शव परीक्षण रिपोर्टबाट देखिएको छ । रु पाँच लाखमा भाइबुहारीको हत्या गर्न ती अभियुक्तलाई दाजु विजयकुमारले ‘सुपारी’ दिएर योजना बनाएको तथ्य खुलेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । “डेढ महिनाअघि नै रु दुई लाख उनीहरूले बुझिसकेका रहेछन्, घटना हुनुभन्दा अघिल्लो दिन रु ५० हजार दिइएको रहेछ”, प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, “बाँकी रु साढे दुई लाख केही समयपछि दिइने कुरा भएको अनुसन्धानबाट खुलेको छ ।” घटनाका बारेमा थप अनुसन्धान र कानुनी कारबाही अघि बढेको उहाँले जानकारी दिनुभयो ।