काठमाडौं । सत्तरुढ दल नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । शुक्रबारबाट सुरु भएको वडा अधिवेशनको शुभारम्भ गर्न काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरको सूर्यविनायक पुगेका हुन् ।
विहान पौने ११ बजे वडा अधिवेशन शुभारम्भ गर्ने कार्यक्रममा सहभागी हुन् देउवा सूर्यविनायक नगरपालिका वडा ५ को सिर्जना नगरबाट वडा अधिवेशन शुभारम्भ गर्न लागेका हुन् ।
देउवाले सिर्जना नगरबाट वडा अधिवेशन शुभारम्भ गर्दै त्यसपछि मध्यपुर ठिमी नगरपालिकाको वडा अधिवेशनमा पनि सहभागी हुने कार्यक्रम छ ।
काँग्रेसका अन्य शीर्ष नेताहरु पनि विभिन्न वडा अधिवेशनमा सहभागी हुने बुझिएको छ । वडा अधिवेशनका लागि अधिकांश केन्द्रीय नेताहरु जिल्ला गएका छन् । शुक्रबार देशभर काँग्रेसको वडा अधिवेशन सुरु गरेर महाधिवेशन प्रक्रियाको थालनी भएको छ ।