१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे देउवा



अ+ अ-

काठमाडौं । सत्तरुढ दल नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । शुक्रबारबाट सुरु भएको वडा अधिवेशनको शुभारम्भ गर्न काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरको सूर्यविनायक पुगेका हुन् । 

विहान पौने ११ बजे वडा अधिवेशन शुभारम्भ गर्ने कार्यक्रममा सहभागी हुन् देउवा सूर्यविनायक नगरपालिका वडा ५ को सिर्जना नगरबाट वडा अधिवेशन शुभारम्भ गर्न लागेका हुन् । 

देउवाले  सिर्जना नगरबाट वडा अधिवेशन शुभारम्भ गर्दै त्यसपछि मध्यपुर ठिमी नगरपालिकाको वडा अधिवेशनमा पनि सहभागी हुने कार्यक्रम छ ।

काँग्रेसका अन्य शीर्ष नेताहरु पनि विभिन्न वडा अधिवेशनमा सहभागी हुने बुझिएको छ । वडा अधिवेशनका लागि अधिकांश केन्द्रीय नेताहरु जिल्ला गएका छन् । शुक्रबार देशभर काँग्रेसको वडा अधिवेशन सुरु गरेर महाधिवेशन प्रक्रियाको थालनी भएको छ ।