१२ मंसिर २०८१, बुधबार
,
Latest
बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित चितवन राइनोजले आफ्ना समर्थकलाई खेल देखाउन चितवनदेखि काठमाडौँसम्म फ्रिमा बस व्यवस्था गर्ने कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार आईपीएलमा सबैभन्दा महँगा ऋभष पन्तले पूरा रकम नपाउने, विदेशी खेलाडीले दोब्बर कर तिर्नुपर्ने बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ ५५ करोडको अनलाइन सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ धरहराबाट उपत्यका नियाल्ने रहर एनपीएलको उद्घाटन खेलको टिकट ३ दिन बाँकी छँदै ‘सोल्ड आउट’ नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीले पैसा लिएर भागेपछि वचतकर्ताको बिचल्ली (फोटोसहित)



अ+ अ-

सुनसरी । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएपछि वचतकर्ताहरुको विचल्ली भएको छ ।

४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको वचत सहकारीबाट फिर्ता नपाएको भन्दै सुनसरीको भाण्टाबारी खण्डमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए । आन्दोलित वचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रर्दशन समेत गरेका छन् । उनीहरुले भाण्टाबारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक ३०० बढी वचतकर्ताको रकम लिएर फरार भएको आरोप लगाएका छन् । पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका वचतकर्ताहरुले वचत गरेको रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

यता सहकारी संस्थाका एजेन्टका रुपमा रहेका वचत संकलनकर्ता सूर्यनारायण साहूले आफूले स्थानीयबाट वचत संकलन गरी रकम जम्मा गरेपनि सहकारी संस्थाले भुक्तानी दिन भने आनाकानी गर्दा समस्या निम्तेको बताउनु भयो । आफू बारम्बार वचतकर्ताको निशानामा पर्दासमेत सहकारीका सञ्चालकले बेवास्ता गरेको उहाँको भनाइ छ । साहूले अहिले आएर सञ्चालकले उल्टै आफूमाथि रकम नै जम्मा नगरेको भनि आरोप लगाउन थालेको बताउनु भयो ।

यता सहकारी संस्थाका सञ्चालक समूहले भने वचतकर्ताबाट संकलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताएको छ । संचालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका सवालमा वचतकर्तासँग मतभेदको अवस्था श्रृजना हुनपुग्दा अवस्था असहज बन्न पुगेको बताउनु भयो । उहाँले अडिट रिर्पोट प्राप्त हुनासाथ वचतकर्ताको रकम फिर्ता दिइने बताउनु भयो ।