५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता बिधेयक: राष्ट्रपतिले प्रमाणिकरण नगरी पुनर्विचारका लागि फिर्ता गर्नुपर्छ-अधिवक्ता भट्टराई



अ+ अ-

काठमाडौं । नेपाल वार एशोसिएसनका पूर्व उपाध्यक्ष एबं बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संसदबाट पारित भएको नागरिकता बिधेयक राष्ट्रपतिले संविधानको धारा ११३ बमोजिम विधेयक प्रमाणिकरण नगरी पुनर्विचारका लागि फिर्ता गर्नु पर्ने सुझाब दिनु भएको छ ।

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै अधिवक्ता भट्टराईले नागरिकता विधेयक दुबै सदनवाट पारित भए संगै बिदेशी नागरिकले बिबाह गरेको भोलिपल्ट नागरिकता पाउने बाटो सदाका लागि खुल्ला भएको बताउनु भएको छ ।

उहाँले यो विधेयक पारित गर्न लागि पर्ने दल र ब्यक्तिको हिसाब किताब सबैले गर्नु पर्ने नै भन्दै त्यस अघि संविधानको सरक्षण गर्ने र राष्ट्रियतको प्रतिकको रुपमा रहने सम्माननिय राष्ट्रपतिबाट संविधानको धारा ११३ बमोजिम यो विधेयक प्रमाणिकरण नगरी पुनर्विचारका लागि फिर्ता गरिनु आवश्यक रहेको जनाउनु छ ।

उहाँले नागरिकता बिधेयकमा यो बिषय बाहेक अरु बिषय भने ठिक रहेको जनाउनु भएको छ । उहाँले संसदीय समितिमा भएको दुई बर्षको मेहनत र सात बर्षको प्रावधान हटाउनु पर्ने वाध्यता रहस्यमए भएको भन्दैनागरिक आवाज बुलन्द पार्न आग्रह गर्नुभएको छ ।