२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिइन् अभिनेत्री ऋचा



अ+ अ-

काठमाडौं । अभिनेत्री ऋचा शर्माले रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट विश्राम लिएकी छन्। उनको आमा बन्ने मिति नजिकिएपछि शोबाट विश्राम लिएकी हुन्।
 
ऋचाले उत्कृष्ट तीन प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा शोमा सहभागी थिए । तर फाइनल प्रतियोगितामा भने उनी अनुपस्थित हुने भएकी छन्। ऋचाले बिदा लिएपछि शोमा निर्णायकको रुपमा अब सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन्।

उनले भनिन्, ‘फाइनलमा उपस्थित हुने चाहना भए पनि स्वास्थ्यको कारण विश्राम लिएकी हुँ। डाक्टरले दिएको मेरो आमा बन्ने मिति नजिक आएकोले अहिलेसम्म शोमा रहे पनि फाइनलमा अनुपस्थित हुनुपर्ने भयो।’ 

फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुने भएको छ। कमेडी च्याम्पियनको फाइनल आगामी असोज २ गते हुँदैछ।