३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिइन् अभिनेत्री ऋचा



अ+ अ-

काठमाडौं । अभिनेत्री ऋचा शर्माले रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट विश्राम लिएकी छन्। उनको आमा बन्ने मिति नजिकिएपछि शोबाट विश्राम लिएकी हुन्।
 
ऋचाले उत्कृष्ट तीन प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा शोमा सहभागी थिए । तर फाइनल प्रतियोगितामा भने उनी अनुपस्थित हुने भएकी छन्। ऋचाले बिदा लिएपछि शोमा निर्णायकको रुपमा अब सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन्।

उनले भनिन्, ‘फाइनलमा उपस्थित हुने चाहना भए पनि स्वास्थ्यको कारण विश्राम लिएकी हुँ। डाक्टरले दिएको मेरो आमा बन्ने मिति नजिक आएकोले अहिलेसम्म शोमा रहे पनि फाइनलमा अनुपस्थित हुनुपर्ने भयो।’ 

फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुने भएको छ। कमेडी च्याम्पियनको फाइनल आगामी असोज २ गते हुँदैछ।