• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट ★   सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा ★   साउथ अफ्रिकासँग भिड्न पसिना बगाउँदै क्रिकेट टोली – फोटोफिचर ★   खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित ★   सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ: एमाले सचेतक बराल ★   साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन ★   बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४ औ शाखा सञ्चालनमा ★   ‘सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन्’ ★   ललितपुर महानगरका मेयर महर्जनको प्रशंसा नगरी बस्न सक्दिन: राप्रपा सांसद कार्की ★   राष्ट्रिय ललितकला प्रदर्शनी: तीस हजार बढीले अवलोकन गरे

‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिइन् अभिनेत्री ऋचा



काठमाडौं । अभिनेत्री ऋचा शर्माले रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट विश्राम लिएकी छन्। उनको आमा बन्ने मिति नजिकिएपछि शोबाट विश्राम लिएकी हुन्।
 
ऋचाले उत्कृष्ट तीन प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा शोमा सहभागी थिए । तर फाइनल प्रतियोगितामा भने उनी अनुपस्थित हुने भएकी छन्। ऋचाले बिदा लिएपछि शोमा निर्णायकको रुपमा अब सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन्।

उनले भनिन्, ‘फाइनलमा उपस्थित हुने चाहना भए पनि स्वास्थ्यको कारण विश्राम लिएकी हुँ। डाक्टरले दिएको मेरो आमा बन्ने मिति नजिक आएकोले अहिलेसम्म शोमा रहे पनि फाइनलमा अनुपस्थित हुनुपर्ने भयो।’ 

फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुने भएको छ। कमेडी च्याम्पियनको फाइनल आगामी असोज २ गते हुँदैछ।