• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित



काठमाडौंः विवादास्पद नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । योसँगै उक्त विधेयक संसदका दुबै सदनबाट पारित भएको छ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो।

गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा पेश गर्नु भएको थियो ।

दुबै सदनबाट पारित भएको उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित भएपछि कानुनी रुप लिनेछ ।