२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनकारी दीपिकाः एसिड आक्रमणमा बाँचेकी बालाको किड्नी प्रत्यारोपणमा गरिन् १५ लाख सहयोग



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनयमा मात्रै नभई सहयोगी हातहरुमा पनि अग्रसर छिन् । उनले यसअघि पनि थुप्रै सहयोग गर्दै आएकी छन् । 

अहिले दीपिका एसिड आक्रमणबाट बाँचेकी बालाको सहयोगका लागि अघि सरेकी छिन् । बालाले फिल्म ‘छपाक’ मा दीपिकासँगै काम गरेकी थिइन् । 

उत्तर प्रदेशको बिजनौर बस्ने बालाको मिर्गौला प्रत्यारोपण हुँदैछ जसका लागि १६ लाख रुपैयाँ खर्च लाग्नेछ । बालाको किड्नी ट्रान्सप्लान्टका लागि १६ लाख जुटाउन ‘छांव फाउन्डेसन’ ले रकम संकलन थालेको थियो । तीन दिन पहिले सुरु भएको यस अभियानबारे थाहा पाउनासाथ दीपिकाले १५ लाख रुपैयाँ सहयोग गरिन् र एक दिनमै अभियानले पूर्णता पाउन सफल भयो ।

दीपिकाले पहिले १० लाख रुपैयाँ दिएकी थिइन् र त्यही साँझ फेरि ५ लाख रकम सहयोग गरेकी हुन् । बालाको किड्नी ट्रान्सप्लान्टका लागि अहिलेसम्म १६ लाख ५ सय ५८ रुपैयाँ जम्मा भइसकेको बताइएको छ । 

दिल्लीस्थित सफदरजंग अस्पतालमा बालाको उपचार जारी छ ।