१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनकारी दीपिकाः एसिड आक्रमणमा बाँचेकी बालाको किड्नी प्रत्यारोपणमा गरिन् १५ लाख सहयोग



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनयमा मात्रै नभई सहयोगी हातहरुमा पनि अग्रसर छिन् । उनले यसअघि पनि थुप्रै सहयोग गर्दै आएकी छन् । 

अहिले दीपिका एसिड आक्रमणबाट बाँचेकी बालाको सहयोगका लागि अघि सरेकी छिन् । बालाले फिल्म ‘छपाक’ मा दीपिकासँगै काम गरेकी थिइन् । 

उत्तर प्रदेशको बिजनौर बस्ने बालाको मिर्गौला प्रत्यारोपण हुँदैछ जसका लागि १६ लाख रुपैयाँ खर्च लाग्नेछ । बालाको किड्नी ट्रान्सप्लान्टका लागि १६ लाख जुटाउन ‘छांव फाउन्डेसन’ ले रकम संकलन थालेको थियो । तीन दिन पहिले सुरु भएको यस अभियानबारे थाहा पाउनासाथ दीपिकाले १५ लाख रुपैयाँ सहयोग गरिन् र एक दिनमै अभियानले पूर्णता पाउन सफल भयो ।

दीपिकाले पहिले १० लाख रुपैयाँ दिएकी थिइन् र त्यही साँझ फेरि ५ लाख रकम सहयोग गरेकी हुन् । बालाको किड्नी ट्रान्सप्लान्टका लागि अहिलेसम्म १६ लाख ५ सय ५८ रुपैयाँ जम्मा भइसकेको बताइएको छ । 

दिल्लीस्थित सफदरजंग अस्पतालमा बालाको उपचार जारी छ ।