२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक: वैवाहिक अंगिकृतको सम्बन्धमा खुकुलो प्रावधान भयो- सांसद देवकोटा



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकता सम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगिकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताउनु भयो । उहाँले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्ष सम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिनभने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले यो प्रावधानले नेपालमा संगठित किसिमको अपराध बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने र त्यसरी निवेदन दिँदा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने व्यवस्था छ । विदेशी मुलुकको नागरिकता त्याग गरेको कारबाही चलाएको सामान्य निस्सा मात्रै भए पुग्ने व्यवस्थाले विदेशी नागरिकता त्यागेको ठहरिँदैन । उसको निवेदन विदेशको सम्बन्धित निकायमा पुगेको पनि हुँदैन । ऊसँग दुईवटा नागरिकता कायमै रहन्छ । बरु २०७५ सालमा ल्याइएको विधेयकमा विवाह पछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो । यस्तो व्यवस्था विधेयकबाट हटाउनु दुर्भाग्यपूर्ण छ ।

भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने हामी ६ महिना पनि कुर्न सकेनौँ । पुग,नपुग ३ करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको अति नै सानो अंश यता उता गर्दा नेपालको हालत के होला ? हामीले यो पाटोलाई गम्भिर रुपमा हेरेनौँ । विश्लेषण गरेनौँ । कल सेन्टरको नाममा चिनियाँहरुको साइबर अपराध र भारतीय ठग्न चिनियाँले नेपाली खटाउने शीर्षकका यसै साता प्रकाशित दुईवटा प्रतिष्ठित अनलाइन खबरका समाचार पढ्दा खुकुलो नागरिकताको प्रावधानको कारण नेपालमा अब झन संगठित किसिमले अपराध बढ्ने हो कि भन्ने चिन्ता पैदा भएको छ । दोहोरो नागरिकताको सम्भावना त छँदैछ ।’

सांसद देवकोटाले ‘३ करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको सानो अंश यता, उता गर्दा नेपालको हालत के होला ?’ भन्दै प्रश्न गर्नुभयो ।