८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

बागलुङमा बढ्यो कोरोना

बागलुङमा बढ्यो कोरोना
अ+ अ-

गलकोट । बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ । लक्षण देखिएकामा गरिएको एन्टिजेन्ट परीक्षणमा उनीहरुलाई सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोनास्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । योसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । जिल्लामा एक सातादेखि कोरोना सङ्क्रमित देखिन थालेका हुन् । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सचेतना अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट बढेको सन्र्दभमा सेचत रहन आग्रह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन ‘बिए प्लस फाइब’ सहितको सङ्क्रमण नेपालमा बढिरहेको सन्र्दभमा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड केन्द्रले बुधबार रातिदेखि लागू हुने गरी भीडभाडमा कडाइ गरेको छ ।

प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्वारा जारी सूचनामा धेरै मानिस भीडभाड हुने क्रियाकलाप नगर्ने, विद्यालय, कलेज तथा ट्युसन सेन्टर र तालिमसहितका शैक्षिक क्रियाकलाप, सपिङ महल तथा होटल रेष्टुराँ जनस्वास्थ्यको मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्तै सार्वजनीक यातयातका सम्बन्धमा सवारीलाई नियमित रुपमा निसङ्क्रमित गर्ने, स्वास्थ्य मापदण्डको पालना गर्ने, खोप कार्ड अनिवार्य साथमा राख्ने तथा कोरोनाको लक्षण देखिएमा तुरुन्तै जाँच गराउन आग्रह गरेको छ । प्रशासनले जारी गरेको आग्रहलाई सम्बन्धित स्थानीय तह, तथा समन्वयकर्ता र सरोकारवालालाई कार्यान्वयमा सहजीकरण गर्न प्रशासनले आग्रह गरेको छ ।