८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

लघुवित्तसंस्थाबाट पीडित भएको भन्दै माग पत्र

लघुवित्तसंस्थाबाट पीडित भएको भन्दै माग पत्र
अ+ अ-

धादिङ । लघुवित्त संस्थाबाट पीडित भएका स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालयमा पाँच बुँदे मागपत्र बुझाएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीमा पीडित महिलाले विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई माग पत्र बुझाएका हुन् । लघुवित्तबाट ऋण लिएपछि कहिल्यै तिर्न नसकिने भएको र किस्ता तिर्नुपर्ने दिन पैसा दिन नसके आर्थिक तथा मानिसिकरुपमा यातना दिने गरेको गुनासो पीडितहरुको थियो । सिद्धलेक गाउँपालिका–४ की चमेली मगरले आफ्नो बारी बेचेर ऋण तिर्दा पनि घरमा ताला लगाइदिन्छु भन्दै घलुवित्त संस्थाका व्यक्ति आएर ज्यादती गरेपछि मर्नु कि बाँच्नुभएको बताउनुभयो ।

दुई रोपनी १२ आना जग्गा बेचेर ऋण तिरियो । मुक्तिनाथ, छिमेकी, साधना डिप्रोस, निर्धन, गणपतिलगायत लघुवित्तिको समूहमा पालैपालो बस्नु भएकी उहाँले लघुवित्तमा बस्न थालेपछि तनाव हुँदै आएको पिडा पोख्नुभयो । सुरुमा आएर समूहमा बसेपछि गरिबलाई फाइदा पुग्छ भने र एक एक गरी समूहमा सहभागी गराउन कर्मचारी आए । त्यपछि उनीहरुले ऋण दिने भन्न थाले थोरै ऋण लिएर काम गर्नसकिने भएकोले राम्रै होला भनेर ऋण लिइयो । भनेको मितिमा ऋण तिर्न खोज्दा श्रीमान् बिरामी परेर उपचारमा रकम खर्च भयो । ऋण तिर्न नसकेपछि प्राय दिन दिनै लघुवित्तका मान्छे आएर मानसिक र आर्थिक रुपमा दुव्र्यवहार गरेको चमेलीको गुनासो थियोे ।

सिद्धलेक गाउँपालिका बुङचुङकी सीतादेवी साहीको अवस्था पनि उस्तै छ । छिमेकी, साधना लघुवित्तमा आवद्ध भएर ऋण लिएपछि सावा र व्याजका लागि रकमबुझाउनाका साथै भँैसी र बाख्रा बिक्री गरेर तिर्दासमेत नसकेपछि दुई रोपनी जग्गा बेच्नुपरेको बताउनुभयो ।ऋण तिर्न नसकेपछि उनीहरुले घरमा बस्नसमेत नदिने गरेको लघुवित्तपीडितले सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालालाई सुनाउनुभयो । ऋण तिर्न नसक्ने महिलालाई आत्महत्या गर्नुपर्ने अवस्था समेत सिर्जना गराएको सङ्घर्ष समितिका राष्ट्रिय अध्यक्ष नानीराम ज्ञावालीले बताउनुभयो ।रु ५० हजार ऋण लिएपछि कहिल्यै तिरेर नसकिने भएको र आफूले गरेको बचतसमेत फिर्ता नदिने गरेको उहाँको भनाइ थियो । आफ्नो र नेत्रावती डबजोङ कटुञ्जे सुनार गाउँका किसान विकको घरमा डिप्रोस वित्तीय संस्थाले ताला लगाएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

गाईबस्तु बेचेर पनि ऋण तिर्दा पनि चुक्ता नभएपछि घरबाहिर मानिस निकालेर ताला लगाइएकोले परिवार नै विस्थापित भएको सोही स्थानका लीला विकले बताउनुभयो । नीलकण्ठ नगरपालिका– ९ मा साइला श्रेष्ठसहित दुई जनाको घरमा डिप्रोस लघुवित्तले ताला लगाएपछि परिवार विस्थापित भएको छ ।पीडितमाथिको ज्यादती बन्द गर्नुपर्ने, लघुवित्तको ऋण मिनाहा गर्नुपर्ने, सरकारले बिना ब्याजको ऋण उपलब्ध गराउनुपर्ने, यस्ता वित्तीय संस्था खारेज गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा ऋण दिनुपर्ने भन्दै पीडित एकजुट भएको जिल्ला सङ्घर्ष समितिका सुशीला भट्टराई श्रेष्ठले बताउनुभयो ।

राष्ट्रको नियमअनुसार एकजना व्यक्ति बढीमा दुई ओटा लघुवित्तमा मात्र बस्न पाउनेमा यहाँ सात आठ ओटामा राखेर विचल्ली बनाएकोे सङ्घर्ष समितिले जनाएको छ । जिल्लामा मात्र २० भन्दा बढी लघुवित्तले महिलामार्फत समूह बनाएर ऋण लगानीसमेत गर्दै आएको छ । हप्तै पिच्छे बैठक राखी बचतसमेत सङ्कलन गर्ने लघुवित्तले बचत पासबुकसमेत नदिएको उनीहरुको गुनासो थियो ।ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले कानुन विपरीत वित्तीय संस्थाले कुनै काम गरेको उजुरी परे तत्काल कारबाही गरिने बताउनुभयो ।