७ मंसिर २०८१, शुक्रबार
,
Latest
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल दुर्गा प्रसाईंले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन अवसरवादी र अराजकतावादी चरित्रलाई चिर्न सन्देश सभाः बचन देउजा निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छः अध्यक्ष ढकाल १७ प्रतशितले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशत मात्रै रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ सुरु भयो एमालेको जागरण सभा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध कुटपिट आरोपमा मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दायर गरिएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दायर गरेका हुन् ।

तामाङले दुवैजनालाई कानूनबमोजिमको सजायको माग गरेका छन् । माफी माग्ने बेलामा पटकपटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि बाध्य भएर मुद्दा दर्ता गर्नुपरेको तामाङले उजुरीमा उल्लेख गरेका छन् ।

उनले मिरुनालाई फिल्म प्राविधिक ठकुरीले उक्साएको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरेको बताएका छन् । गत जेठ १५ गते काठमाडौँ को सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई दुर्व्यवहार गरेको भन्दै तामाङलाई थप्पड हानेकी थिइन् ।

त्यसपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध नै प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि फिल्मसम्बद्ध पक्ष र बौद्ध समुदायबीच माफी मागेर सहमति भएको थियो ।

तर सहमति भएको एक सातामै मिरुना र फुर्वा फेरि विवादमा उत्रिएका थिए । अहिले मिरुनाले माफी माग्नुपर्ने भन्दै फुर्वाले मुद्दा दायर गरेका हुन् ।