२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो (फोटोसहित)



अ+ अ-

जमुनाहा । नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् ।

धान रोपाईं गरेर नेपालीहरु अयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पएपनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् । नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरुको संख्या बढेको छ । पहाडी भेगमा काम पाएपनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेर बहादुर शहीले बताउनु भयो । उहाँले आफ्नो गाँउ भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकोले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताउनु भयो ।

पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आउनुभएका रामबहादुर बि.क. जेठ महिनामा खेती लगाउनका लागि घर फर्किनुभएको थियो । तर उहाँलाई भारतमै काम गर्न सहज भएको कारणले पुनः कामका लागि भारत फर्कन लागेको बताउनु भयो ।

भारतमा आफूले गरेको कामअनुसार पारिश्रमीक पाउने भएका कारण भारत रोजगारीका लागि जान लागेको कालिकोटका नागरिकले बताउनु भयो । त्यस्तै सुर्खेतका भारत जान लाग्नुभएका सुरज विकले परिवार पाल्नका लागि नेपालमा गरेको कामले गुजारा नचल्ने भएपछि भारत जान लागेको बताउनु भयो ।

पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान रोपाईंको काम लगभग सकिएको छ । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब बिस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन् । सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै श्रमीकहरु भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । अहिले दैनिक सयौंको संख्यामा नेपालीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् ।

नेपालमा काम गरेअनुरुपको पारिश्रमीक नपाउनु र काम गरेको पारिश्रमीकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरुका लागि पीडाको विषय बनेको छ । अधिकांश रोजगारकिा लागि भारत पलायन भएका नेपाली नागरिकहरु नेपालमा गरेको कामको पनि उचित पारिश्रमीक नपाएकै कारण भारत कामका लागि जाने गरेको बताउँछन् ।