१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ को फोहोर बोकेका गाडी फेरि रोकियो, बञ्चरेडाँडाका बासिन्दाद्वारा विरोध



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बञ्चरेडाँडाका बासिन्दाले काठमाडौँ महानगरपालिकाको फोहोर बोकेका गाडीलाई रोकेका छन् । स्थानीय बासिन्दाले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न गइरहेका गाडीलाई रोकपछि बाटोमै गाडीको लामो लाइन लागेको छ ।

महानगरबाट करिब ६० वटा गाडी फोहोर बोकेर गएका बताइएको छ । स्थानीय बासिन्दाले गाडीलाई रोकिदिएपछि फोहोर विसर्जन हुनसकेको छैन ।

एक हप्तादेखि काठमाडौँ महानगरपालिकाले फोहोर उठाएको थिएन । महानगरले आजदेखि फोहोर उठाउने भनी सूचना जारी गरेको थियो र आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी समेत दिएको थियो । सोही सूचनाका आधारमा आज बिहानै फोहोर बोकेका गाडी बञ्चरेडाँडा विसर्जन गर्न गएका थिए ।

महानगरले फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडकको निर्माणको काम भइरहेको भन्दै एक सातासम्म फोहोर उठाउन र ढुवानी रोकेको थियो ।




भर्खरै