१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ को फोहोर बोकेका गाडी फेरि रोकियो, बञ्चरेडाँडाका बासिन्दाद्वारा विरोध



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बञ्चरेडाँडाका बासिन्दाले काठमाडौँ महानगरपालिकाको फोहोर बोकेका गाडीलाई रोकेका छन् । स्थानीय बासिन्दाले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न गइरहेका गाडीलाई रोकपछि बाटोमै गाडीको लामो लाइन लागेको छ ।

महानगरबाट करिब ६० वटा गाडी फोहोर बोकेर गएका बताइएको छ । स्थानीय बासिन्दाले गाडीलाई रोकिदिएपछि फोहोर विसर्जन हुनसकेको छैन ।

एक हप्तादेखि काठमाडौँ महानगरपालिकाले फोहोर उठाएको थिएन । महानगरले आजदेखि फोहोर उठाउने भनी सूचना जारी गरेको थियो र आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी समेत दिएको थियो । सोही सूचनाका आधारमा आज बिहानै फोहोर बोकेका गाडी बञ्चरेडाँडा विसर्जन गर्न गएका थिए ।

महानगरले फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडकको निर्माणको काम भइरहेको भन्दै एक सातासम्म फोहोर उठाउन र ढुवानी रोकेको थियो ।