२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने



अ+ अ-

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने सो आयोजना २८ दशमलव ३० मेगावाटको हुने जनाइएको छ । 

दार्चुला पावर प्रालीले सो जलविद्युत् आयोजना अघि बढाउन लागेको हो । आयोजनाको  प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरुआत भएको कम्पनीले जनाएको छ । 
अध्ययनका क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, जैविक, प्राकृतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग रायसुझाव माग गरेको छ । यसका असरबारे सम्बन्धित सरोकारवालालाई एक साताभित्र आइपुग्ने गरी रायसुझाव पठाउन अपिल गरिएको छ ।

मार्मा २, ३, ४, ५ र ६ भएर बग्ने चमेलिया नदीको पानी प्रयोग गरी लामबगरमा बाँध निर्माण गरिने कम्पनीले जनाएको छ । बाँधमा जम्मा भएको पानी करिब सात हजार ८० मिटर लामो हेडरेस पाइपमार्फत सतही विद्युत्गृहमा खसाली विद्युत् उत्पादन हुनेगरी डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न रु छ अर्ब १८ करोड ९४ लाख ४४ हजार लागत अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक सरदर ११८ दशमलव ५२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । यही खोलामा अहिले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजनाको ४० प्रतिशत बढी काम पूरा भएको छ । भने शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचमा ३० मेगावट चमेलिया जलविद्युत् निर्माण भएको छ । 

अहिले निर्माणाधीन चमेलिया जलविद्युत्को ड्याम अपिहिमाल गाउँपालिका– ५ को ओखल नजिकै निर्माण गरेर मार्मा– २ घट्टेगाडमा पावर हाउस निर्माण गरिएको छ । विद्युत् निर्माणपछि यो क्षेत्रमा विकासको ढोका खुला हुने विश्वास गरिएको छ । 

अहिले अपिहिमाल गाउँपालिकाको मकरीगाडमै १० मेगावटको मकरीगाड हाइड्रोपावर निर्माणाधीन छ । भने अपिहिमालको वडा नं १ मा ६० मेगावाटको विद्युत् उत्पादन गर्नेगरी सम्भाव्यता अध्ययनको काम भइरहेको छ ।