५ माघ २०८१, शनिबार
January 18, 2025 Saturday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.04

Wind: 1.54

Humidity: 34

Latest
योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछः प्रथम राष्ट्रपति काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य गोदावरी-फोटो फिचर कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की दुई सय बढी बालबालिका विद्यालय जान छाडे आज तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना अमेरिकी डलरको मूल्यमा फेरि वृद्धि घरजग्गा कारोबार : गत पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन ललितपुरका यी स्थानमा आज काटिँदैछ बिजुली महिला विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै नेपालद्वारा गाजामा युद्धविराम र बन्धकको रिहाइ सम्झौताकाे स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गर्नुभएको छ । पाशुपति क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभयो ।

मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री श्रेष्ठले रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभयो । पाशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइनेछ ।

कार्यक्रममा खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलिलाले १ लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह तथा कोषका पदाधिकारीहरुले वृक्षरोपण गर्नुभएको थियो ।

वृक्षरोपण अभियान निरन्तर संचालन हुने कोषले जनाएको छ । विरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ । कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षरोपण अभियानलाई समेटेको छ ।