२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

घट्दै राउटे समुदाय

घट्दै राउटे समुदाय
अ अ+ अ-

वीरेन्द्रनगर । एक महिनाअघि राउटे समुदायका सात महिने बच्चा मयो शाहीको निधन भयो । आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटे समुदायले बच्चाको मृत्यु हुँदा भने बसिरहेको ठाउँ छोडेन । 

एक सातापछि फेरि ३४ वर्षीय दलबहादुर शाहीको निधन भएपछि उनीहरू बसाइँ सर्ने तरखरमा थिए । बसाइँ सर्ने तयारी गरिरहेकै बेला २१ वर्षीय मानसिंङ शाहीको पनि मृत्यु भयो । लगातार तीन जनाको मृत्यु पछि अहिले अर्कै ठाउँमा सर्ने तयारीमा छन् । दलबहादुरको मिर्गौलामा समस्या थियो । गलत खानपान र हेरचाहको कमीका कारण समयमै उपचार हुन नसक्दा उनीहरूको सङ्ख्या घटिरहेको उक्त बस्तीमा काम गर्दै आउनुभएकी दुर्गा खत्रीले बताउनुभयो । 

“राउटेले बाहिरकाले भनेको मान्दैनन्”, उहाँले भन्नुभयो,  “गलत व्यवहारलेले गर्दा नै उनीहरुको अस्तित्व सङ्कटमा परिरहेको छ ।”  राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले एकदशकअघि बस्तीमा पुग्दा उनीहरूको सङ्ख्या २६८ रहेकामा घटेर अहिले १३७ पुगेको बताउनुभयो। “ एक दशकको अवधिमा मात्र १३१ राउटे घटेकाले त्यहाँ जुनसकुै योजना लैजानुभन्दा उनीहरुले स्वीकार गर्ने खालका योजना लैजानुपर्छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “यसमा सरोकार निकाय सबैले ध्यान दिन पर्छ ।” राउटे बस्तीमै छाप्रोमा बसेर उनीहरूको सङ्ख्या गणना गर्नुपर्नेमा उहाँको जोड थियोे । 
 
“मैले राउटेको भान्छामै खाएर र उनीहरुसँगै रहेर गणना गरेको हुँ”, अध्यक्ष अधिकारीले भन्नुभयो “तर अहिले उनीहरूको सङ्ख्या आधा घटेको छ । यसरी सङ्ख्या घट्दै जाने हो भने राउटेकोे अस्तित्व नै लोप हुने छ ।” समुदायबाट अलग्गै बस्ने र  जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएकामा  आधुनिकताले राउटेलाई सताएको छ काठका विभिन्न सामग्री बनाएर आफ्नो जीविका चलाउने र  जङ्गलका कन्दमूल तथा विभिन्न जडीबुटी ल्याएर खान्थे । गुना बाँदर शिकार गर्ने गर्ने उनीहरू पैसा छोए पाप लाग्छ भन्ने र प्रकृतिमै रमाएकाले बिरामी परे पनि जडीबुटीले निको गरिहाल्थ्यो । उतिबेला बिरामी कम पर्थे । 

बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुबैले उत्तिकै सताउन थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । तीव्र् बस्ती विकासले आफूहरुको जङ्गल विनाश हुँदै गएको राउटेको गुनासो छ । जङ्गल मासिँदा गुना बाँदर, गिठ्ठा, भ्याकुरजस्ता कन्दमूलसमेत भेटिन छाडेको छन् भने परम्परागत पेशासमेत सङ्कटमा पर्न थालेको छ । 

मुखिया महिनबहादुर शाहीकाअनुसार पहिले ज्वरो, निमोनिया, आउँ, हैजा र पखालाजस्ता रोग लाग्थेन । पछिल्ला केही दशकयता उनीहरुको स्वास्थ्य निकै कमजोर हुन थालेको छ । रोगले कतिपयको त अकालमै मृत्युसमेत हुने गरेको छ । “पहिले गुना बाँदर जङ्गलमा धेरै पाइन्थ्यो अहिले पाउन छाडेको छ त्यसकारण जनतालाई खुवाउने चामल माग्याको छु”, उहाँले भन्नुभयो । 

घना जङ्गलमा बस्न रुचाउने राउटे अचेल अन्य समुदाय नजिक र शहर बजार आसपासमा बस्नाका साथै मदिरा र विषादी हालेका खानेकुरा पनि खान थालेका छन् । राउटे समुदायमा काम गर्ने बहानामा विभिन्न सङ्घसंस्था भित्रिन थाले पनि उनीहरूको सङ्कट मोचन हुन सकेको छैन । पैसा छोए पाप लाग्छ भन्ने गरिएकामा पछिल्लो समय उनीहरुमा पैसाको मोह बढेको छ । जब बस्तीमा विभिन्न बाहनामा बाहिरका व्यक्ति प्रवेश गर्न थाले तबदेखि यिनीहरुकोे हातमा पैसा पर्न थाल्यो र  मदिराको लतमा लागे । अहिले बस्तीमा पुग्ने जो कोहीसँग उनीहरू मदिरा र पैसा माग्न थाल्ने भएका छन्  । 

अघिल्लो आर्थिक वर्षदेखि उनीहले प्रतिव्यक्ति पाँच हजार भत्ता पाउँदै आएका छन् । भत्ता वितरण सहज बनाउने उद्देश्यले दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई स्थायी परिचयपत्र वितरण गर्दै आएकोे र सोसेक नामक संस्थाले पढाउने शिक्षक र स्वास्थ्यकर्मी परिचालन गरेको छ । राउटे रुपान्तरणका क्रममा रहेकाले पनि यो बेला उनीहरु सङ्कटमा पर्नसक्ने  सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनुभयो । “पहिला उनीहरु प्रकृतिमै रमाएका थिए बिस्तारै परिवर्तन हुन थालेका छन् । परिवर्तनको अवस्थामा रहेकाले पनि सङ्कटमा परेका हुन्”, उहाँले  भन्नुभयो, “उनीहरुले पाएको भत्ताले मदिरा खाने गरेकाले भत्ताको सटृा आवश्यक सामग्री नै दिए प्रभावकारी हुनसक्छ । यस विषयमा छलफल गर्नु आवश्यक छ ।”

अत्यधिक मदिरा सेवन गर्न थालेकाले  मदिराकै कारण केहीको ज्यान गएको हुनसक्ने बस्तीमा काम गर्दै आउनुभएका स्वास्थ्यकर्मी तिलक विसीले बताउनुभयो । “मृत्यु भएका दुवै युवाले धेरै मात्रामा मदिरा सेवन गरिराख्थे । खानाभन्दा मदिरा सेवन धेरै हुनु नै उनीहरुको मृत्युको प्रमुख कारण हो”, उहाँले भन्नुभयो, “ दलबहादुर सुन्निएका थिए भने मानसिङ खाना खान मन नगर्ने र दुब्लाउँदै गएका थिए । उपचार गर्न अस्पताल जाऔँभन्दा राउटे समुदायले मानेनन्”।

स्वास्थ्यकर्मी विसीका अनुसार बालबालिकामा कुपोषण र स्याहारको कमी र युवामा मदिरा सेवनका कारण ज्यान जाने गरेको छ । “आज बच्चा जन्मियो त्यसलाई दिनभरि झुपडीमै छोडेर महिला जङ्गल जान्छन्”, उहाँले भन्नुभयो, “न बच्चाको स्याहार छ न त सुत्केरी आमाको नै ।” तीन वर्षको अवधिमा नौ बच्चा स्याहारको कमीका कारण मृत्यु भएको थियोे । “म राउटे बस्तीमा स्वास्थ्यकर्मीका रुपमा काम गर्न थालेको तीन वर्ष भयो यो अवधिमा धेरै बच्चा स्याहार सुसारको कमीका कारण ज्यान गुमाएको देखेको छु”, स्वास्थ्यकर्मी विसीले जोड दिनुभयो, “यस्तै हो भने राउटे समुदायको अस्तित्व सङ्कटमा पर्ने सम्भावना छ ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले राउटे नीति ल्याउन लागिएकाले यसबाट उनीहरुको  संरक्षण हुने बताउनुभयो । “राउटे समुदायमा मदिरा पिउने लत बसेकाले उनीहरु सङ्कटमा रहेछन्”, राउटे बस्ती पुग्नुभएका उहाँले भन्नुभयो, “उनीहरुको सुरक्षाका लागि प्रदेश सरकार लागिपरेको छ । सरकारले ल्याउन लागेकोे नीतिमा उनीहरुको सुरक्षा र संरक्षणका विषयलाई जोड दिइएको छ ।”

मानव अधिकारकर्मी गीता कोइरालाले नेपालकै पहिचानका रुपमा रहेको राउटे लोप हुन लागेकामा चिन्ता व्यक्त गर्नुभयो । “हिजो त्यति धेरै सङ्ख्यामा रहेका राउटे अहिले घटिरहेकाले सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन जरुरी छ”, उहाँले भन्नुभयो । (रासस)