• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सर्वोच्चको भबन निर्माणमा अनियमिताको आशंका, छानबिनका लागि अख्तियारलाई पत्र



फाईल फोटो

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको भबन निर्माणका क्रममा अनियमितता भएको भन्दै त्यसको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्रचार गर्नुभएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भबन निर्माणका क्रममा अनियमिता गरेको आशंका गर्दे कानूनी रुपमा छानबिन गर्न मिल्ने वा नमिल्ने बिषषयमा स्पष्ट पार्न आग्रह गर्दै पत्र पठाईएको जनाईएको छ ।

पत्रमा १५ दिनभित्र उचित परिणामसहितको जवाफको अपेक्षा गरिएको छ। सङ्घीय संसद्‌मा दर्ता गरिएको महाभियोगको प्रस्तावको प्रक्रिया अघि नबढेका अवस्थामा राणा माथी छानबिन गर्न कामू प्रधानन्यायधीस कार्कीले अख्तियारको सहयोग खोज्नु भएको छ ।

सर्वोच्च अदालतको नयाँ भवन निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै यस अघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।