८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

डा. रामानन्द स्वामीको स्मृतिमा वक्तृत्वकला सम्पन्न

डा. रामानन्द स्वामीको स्मृतिमा वक्तृत्वकला सम्पन्न
अ+ अ-

काठमाडौं । डा.स्वामी रामानन्द गिरिज्यूको पाचौँ स्मृति दिवसका अवसरमा रामानन्द प्रज्ञा वक्तृत्वकला बुधबार सम्पन्न भएको छ ।

महेश संस्कृत गुरुकुल, देवघाटधामद्वारा समायोजित उपत्यकाव्यापी वक्तृत्वप्रतियोगितामा उपत्यकाका ४६वटा विद्यालयका प्रतिनिधि ४६जना छात्र–छात्राले भाग लिएका थिए ।

महेश संस्कृत गुरुकुल तथा महेश सन्न्यास आश्रमका पीठाधीष श्री १००८ स्वामी रमणानन्द गिरिज्यूको सभाध्यक्षता रहेको त्यस सभामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा.जगमान गुरुङ्ज्यूको प्रमुख आतिथ्य रहेको थियो भने वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकाल, वरिष्ठ समालोचक प्रा.डा. महादेव अवस्थी, सहप्रा.डा. नवराज कट्टेल, सहप्रा.डा.श्रीराम अधिकारी, प्रा.डा.नुरापति पोख्रेल, महेश संस्कृत विद्यापीठका प्राचार्य कमल सुवेदी, महेश संस्कृत गुरुकुल मावि।का प्रधानाध्यापक फणिन्द्र पौडेल, महेश छात्र परिषदका अध्यक्ष उपप्रा.उमेशप्रसाद घिमिरे, डा.वैकुण्ठ घिमिरे, उपप्रा. रोहिणीराज तिमल्सिना, कवि निराजन पन्त, उपप्रा.शिवराज लामिछाने लगायतका विशिष्ट विद्वज्जनको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगितात्मक यस कार्यक्रमको निर्णायक मण्डलमा नेपाली साहित्यकी स्थापित कवयत्री तथा पिके क्याम्पसकी सहप्राध्यापक प्रभा भट्टराई, वाल्मीकि विद्यापीठका सहप्रा.डा.मुकुन्द लामिछाने र नेपाल संस्कृत विश्वविद्यालयका सहप्रा.डा.लेखप्रसाद निरौलालाई जिम्मेवारी दिइएको थियो ।

‘असल नागरिक निर्माणमा नैतिक शिक्षाको भूमिका’ विषयक वक्तृत्वकलामा सहभागी ४६वक्ताहरूमध्ये सरस्वती एकेडेमी, चाबहिलकी छात्रा आयुषा सापकोटा प्रथम, रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसबारीका छात्र सुतृष्ण पौडे द्वितीय, नेपाल वेदविद्याश्रमका छात्र अन्जन ढुङ्गेल तृतीय अनि टाइमलाइन एकेडेमी,जोरपाटीकी छात्रा प्रसन्ना पुडासैनी र सैनिक आ. महाविद्यालय, भक्तपुरकी छात्रा कुशा पोख्रेलले प्रोत्साहन प्राप्त गर्न सफल भएका थिए ।

विजयी छात्रछात्रालाई प्रमुख अतिथि डा.जगमान गुरुङ्ज्यूको हातबाट प्रमाणपत्र र सभाध्यक्ष रमणानन्द गिरिज्यूको हातबाट नगद पुरस्कार वितरण गरिएको थियो ।

अन्तमा सबै प्रतियोगीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको उक्त सभामा प्रमुख अतिथि डा.जगमान गुरुङ्ज्यूले मन्तव्यका क्रममा गुरुको स्मृतिमा महेश संस्कृत गुरुकुलले यश किसिमको बौद्धिक सभा आयोजना गरी नैतिक शिक्षा एवम् गुरुकुलशिक्षाका उन्नायक ब्रह्मलीन स्वामी डा.रामानन्द गिरिजी महाराजको वास्तविक सम्मान गरेको टिप्पणी गर्नुभएको थियो।

यस्तै, सभाध्यक्षको आसनबाट स्वामी रमणान्द गिरिले ब्रह्मलीन गुरुज्यूको पाचौँ स्मृतिदिवसका अवसरमा प्राज्ञिक विद्वज्जनसँग सत्सङ्ग तथा राष्ट्रका कर्णधार युवावर्गको दृष्टिकोण सुन्न पाएर साह्रै प्रसन्न भएको र यस किसिमका सभा–समारोह समयसमयमा गुरुकुलले आयोजना गर्ने प्रतिबद्धताका साथ सबै अतिथि, निर्णायक, प्रतियोगी, सहभागी तथा सहयोगी महानुभावप्रति हार्दिक आभारसहित सभा विसर्जन गर्नुभएको थियो ।

सभाको सुरुमा महेश गुरुकुल मावि.का प्रधानाध्यापक फणिन्द्र पौडेलले स्वागत मन्तव्य र अन्तमा महेश विद्यापीठका प्राचार्य कमल सुवेदीले आयोजक संस्थाका तर्फबाट धन्यवाद मन्तव्य राख्नु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन गुरुकुलका छात्र आचार्य पर्वत घिमिरेले गर्नुभएको थियो ।

प्रतियोगिताको बीचबीचमा सहभागीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले स्थापित युवाकविहरू सुदेश सत्याल, सच्चिदानन्द पौडेल, दृवी बराल, शिवराज लामिछाने, नगाधिराज आदिले आफ्ना कविता सुनाउनुभएको थियो ।

समग्रमा उपत्यकाका स्थापित सरकारी तथा गैरसरकारी विद्यालयबाट आएका छात्रछात्रा तथा प्रतिनिधि शिक्षक, विभिन्न विश्वविद्यालका प्राध्यापक तथा स्थापित विद्वान्, सन्तमहात्मा र कविजनहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न उक्त वक्तृत्वकाला समारोह सभ्य, भव्य, रम्य रहेको सभामा सहभागी उपप्राध्यापक उमेशप्रसाद घिमिरेले जानकारी गराउनु भयो ।