• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   पाँचखालमा रुखमा बाँधेर जलाएको अवस्थामा एक पुरुषको शव फेला ★   नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने ★   तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ ★   कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा ★   रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतले संसदमा बोल्न दिने कांग्रेसको निर्णय ★   लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ★   वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे ★   नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी ★   मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

साफ यू–२० च्याम्पियनसिपः नेपालको लगातार दोस्रो जित



काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार भएको खेलमा श्रीलंकालाई ३–० गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक–एक गोल गरे ।

पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले तीनै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट नेपालले अग्रता बनाएको थियो ।

खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २–० को स्थितीमा पुर्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३–० को जित दिलाए ।

जितसँगै २ खेलमा ६ अंक जोड्दै नेपाल फाइनल नजिक समेत पुगेको छ भने अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।

उता, श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १–० गोलले स्तब्ध बनेको थियो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै श्रीलंका बंगलादेश र माल्दिभ्सको सहभागिता रहेको छ ।

च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । नेपालले अब तेस्रो खेल आइतबार भारतसँग र अन्तिम खेल आगामी मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।