२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेपछि सरकार के गर्दैछ ?



अ+ अ-

काठमाडौं । महाकाली नदीवारि रहेको नेपाली बस्ती र नेपाली सेनाको ब्यारेकभन्दा माथिको नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टरले यसै साता उडान गरेका विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गृहमन्त्रालयले त्यसबारे नेपाली निकायहरूसँग थप जानकारी सङ्कलन गरिरहेको जनाएको छ।

दार्चुलास्थित सुरक्षा समितिले उक्त घटनाक्रमबारे गृह मन्त्रालयलाई बिहीवार नै जानकारी गराएको थियो।

तर गृह मन्त्रालयका प्रवक्ताले उक्त घटनाबारे आफूहरूले बुझिरहेको र त्यस सम्बन्धी समाचार विवरणहरूलाई गम्भीरतापूर्वक लिएको बीबीसीलाई बताए।

आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरिएको भएपनि शुक्रवार अपराह्नसम्म कुनै जवाफ प्राप्त नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।

गम्भीर घटना

अर्काको देशको आकाशमा बिना जानकारी हवाई उडान गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीत मानिन्छ।

अझ नेपालको राष्ट्रिय सेनाको ब्यारेक माथिको आकाशमा नै उडान भएपछि कैयौँ विज्ञहरूले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखिरहेका छन्।

दार्चुलाको घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको भन्दै गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, 'यो गम्भीर घटना हो हामीले यत्रो पत्रपत्रिकामा आएको देखिरहेका छौँ। हामीले यसबारेमा पहिला हाम्रो निकायसँग बुझ्दैछौँ।' 

नेपाल भारत सीमा क्षेत्रमा हालैका दिनमा भएका यस्ता घटनाबारे बेलैमा भारतसँग कूटनीतिक माध्यमबाट आवाज उठाउन नसकेको आरोप सरकारमाथि लागिरहेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने, 'हामीले यसरी जानकारी बिना हाम्रो आकाशमा हाम्रो सुरक्षा निकायको माथि नै किन हेलिकोप्टर उडाइयो यसरी नउडानुहोला भनेर उडिसकेपछि पिथौरागढको भारतीय पक्षलाई पत्राचार गरेका छौँ। यससम्बन्धी जानकारी हामीले गृह मन्त्रालयलाई पनि गराएका छौँ। भारतीय पक्षबाट कुनै जवाफ आएको छैन्। गृहमन्त्रालयसँग हामी यसबारे सम्पर्कमै छौँ।'

भारतीय हेलिकोप्टरले बुधवार र बिहीवार दुवै दिन 'तीन चार पटक' त्यसरी नेपाली आकाशमा बिना अनुमति उडान गरेको उनले बताए।

'हामीले बुझ्दा खेरी उनीहरूले बाढी पहिरोका पीडितका लागि खाद्य सामग्रीहरू ढुवानी गरिरहेको छ भन्ने जानकारी आएको छ। यो मौखिक जानकारी हो। हाम्रो सुरक्षाकर्मीहरू र आफ्ना समकक्षीहरूबीच कुराकानी भइराख्छ।'

तर खाद्यान्न ढुवानी गर्नका लागि नेपाली आकाशमा हेलिकोप्टर किन उड्यो भन्ने जवाफ नआएको उनले खुलाए।

नेपाली आकाशमा उडेको हेलिकोप्टर गैर सैनिक हेलिकोप्टर जस्तो देखिए पनि त्यसबारे अधिकारिक रूपमा केही भन्न नसकिने अधिकारीहरूले जनाएका छन्।

जवाफको प्रतीक्षा
दार्चुलामा महाकाली नदीले नेपाल र भारतको सीमा क्षेत्रलाई छुट्याउँछ।

जटिल भूबनोट भएको उक्त क्षेत्रमा नेपाल र भारतबीचको विवादित कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र पनि पर्छ।

महाकाली नदीमा कैयौँ ठाउँहरूमा साँघुरो घाँटी भएकाले विगतमा पनि अनुमति नै नलिइ हवाई क्षेत्रमा प्रवेशका घटनाहरू हुने गरेका जानकारहरू बताउँछन्।

प्रमुख जिल्ला अधिकारी जोशी थप्छन्, 'यसपटक हाम्रो सदरमुकामको माथि उडान भरेको हो। हाम्रो सीमा महाकाली नदी हो। त्यो १०० सय मीटर दूरीमा छ। कतिपय बेला विगतमा यसरी हेलिकोप्टर आउँदा हामीले पनि पत्राचार गरेका छौँ र त्यति बेला कहिलेकाहीँ नयाँ पाइलट परेर उसलाई जानकारी नभएको र मोड्न नसकेको अवस्थामा यस्तो भयो होला भन्ने किसिमको जवाफ हामीले उताबाट पाएका छौँ। यसपालि जवाफ आएको छैन। हामी जवाफको प्रतीक्षामा छौँ।'

भारतीय सीमा सुरक्षा निकाय एसएसबीले तुइन काटिदिएपछि दार्चुलाको सदरमुकाम खलङ्गा आउन लागेका एक नेपाली युवा महाकाली नदीमा बेपत्ता भएको घटना सेलाउन नपाउँदै नयाँ विवाद सतहमा आएको हो। बीबीसी