२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेपछि सरकार के गर्दैछ ?

नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेपछि सरकार के गर्दैछ ?
अ अ+ अ-

काठमाडौं । महाकाली नदीवारि रहेको नेपाली बस्ती र नेपाली सेनाको ब्यारेकभन्दा माथिको नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टरले यसै साता उडान गरेका विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गृहमन्त्रालयले त्यसबारे नेपाली निकायहरूसँग थप जानकारी सङ्कलन गरिरहेको जनाएको छ।

दार्चुलास्थित सुरक्षा समितिले उक्त घटनाक्रमबारे गृह मन्त्रालयलाई बिहीवार नै जानकारी गराएको थियो।

तर गृह मन्त्रालयका प्रवक्ताले उक्त घटनाबारे आफूहरूले बुझिरहेको र त्यस सम्बन्धी समाचार विवरणहरूलाई गम्भीरतापूर्वक लिएको बीबीसीलाई बताए।

आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरिएको भएपनि शुक्रवार अपराह्नसम्म कुनै जवाफ प्राप्त नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।

गम्भीर घटना

अर्काको देशको आकाशमा बिना जानकारी हवाई उडान गर्नु अन्तर्राष्ट्रिय कानुन विपरीत मानिन्छ।

अझ नेपालको राष्ट्रिय सेनाको ब्यारेक माथिको आकाशमा नै उडान भएपछि कैयौँ विज्ञहरूले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखिरहेका छन्।

दार्चुलाको घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको भन्दै गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, 'यो गम्भीर घटना हो हामीले यत्रो पत्रपत्रिकामा आएको देखिरहेका छौँ। हामीले यसबारेमा पहिला हाम्रो निकायसँग बुझ्दैछौँ।' 

नेपाल भारत सीमा क्षेत्रमा हालैका दिनमा भएका यस्ता घटनाबारे बेलैमा भारतसँग कूटनीतिक माध्यमबाट आवाज उठाउन नसकेको आरोप सरकारमाथि लागिरहेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने, 'हामीले यसरी जानकारी बिना हाम्रो आकाशमा हाम्रो सुरक्षा निकायको माथि नै किन हेलिकोप्टर उडाइयो यसरी नउडानुहोला भनेर उडिसकेपछि पिथौरागढको भारतीय पक्षलाई पत्राचार गरेका छौँ। यससम्बन्धी जानकारी हामीले गृह मन्त्रालयलाई पनि गराएका छौँ। भारतीय पक्षबाट कुनै जवाफ आएको छैन्। गृहमन्त्रालयसँग हामी यसबारे सम्पर्कमै छौँ।'

भारतीय हेलिकोप्टरले बुधवार र बिहीवार दुवै दिन 'तीन चार पटक' त्यसरी नेपाली आकाशमा बिना अनुमति उडान गरेको उनले बताए।

'हामीले बुझ्दा खेरी उनीहरूले बाढी पहिरोका पीडितका लागि खाद्य सामग्रीहरू ढुवानी गरिरहेको छ भन्ने जानकारी आएको छ। यो मौखिक जानकारी हो। हाम्रो सुरक्षाकर्मीहरू र आफ्ना समकक्षीहरूबीच कुराकानी भइराख्छ।'

तर खाद्यान्न ढुवानी गर्नका लागि नेपाली आकाशमा हेलिकोप्टर किन उड्यो भन्ने जवाफ नआएको उनले खुलाए।

नेपाली आकाशमा उडेको हेलिकोप्टर गैर सैनिक हेलिकोप्टर जस्तो देखिए पनि त्यसबारे अधिकारिक रूपमा केही भन्न नसकिने अधिकारीहरूले जनाएका छन्।

जवाफको प्रतीक्षा
दार्चुलामा महाकाली नदीले नेपाल र भारतको सीमा क्षेत्रलाई छुट्याउँछ।

जटिल भूबनोट भएको उक्त क्षेत्रमा नेपाल र भारतबीचको विवादित कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र पनि पर्छ।

महाकाली नदीमा कैयौँ ठाउँहरूमा साँघुरो घाँटी भएकाले विगतमा पनि अनुमति नै नलिइ हवाई क्षेत्रमा प्रवेशका घटनाहरू हुने गरेका जानकारहरू बताउँछन्।

प्रमुख जिल्ला अधिकारी जोशी थप्छन्, 'यसपटक हाम्रो सदरमुकामको माथि उडान भरेको हो। हाम्रो सीमा महाकाली नदी हो। त्यो १०० सय मीटर दूरीमा छ। कतिपय बेला विगतमा यसरी हेलिकोप्टर आउँदा हामीले पनि पत्राचार गरेका छौँ र त्यति बेला कहिलेकाहीँ नयाँ पाइलट परेर उसलाई जानकारी नभएको र मोड्न नसकेको अवस्थामा यस्तो भयो होला भन्ने किसिमको जवाफ हामीले उताबाट पाएका छौँ। यसपालि जवाफ आएको छैन। हामी जवाफको प्रतीक्षामा छौँ।'

भारतीय सीमा सुरक्षा निकाय एसएसबीले तुइन काटिदिएपछि दार्चुलाको सदरमुकाम खलङ्गा आउन लागेका एक नेपाली युवा महाकाली नदीमा बेपत्ता भएको घटना सेलाउन नपाउँदै नयाँ विवाद सतहमा आएको हो। बीबीसी