८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्यको ठेक्का तत्काल रद्ध गर्न निर्देशन

नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्यको ठेक्का तत्काल रद्ध गर्न निर्देशन
file
अ+ अ-

काठमाडौँ । संसदीय समितिले नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्ध गर्न निर्देशन दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक पूर्व–पश्चिम खण्डको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरुसँग गरेको छलफलपछि समिति सभापति कल्याणी खड्काले सरकारलाई यस्तो निर्देशन दिनुभएको हो ।

सभापति खड्काले आयोजनाको निर्माण अवधि सकिनै लाग्दा समेत अहिलेसम्म पनि सम्पन्न भौतिक प्रगति १८.४४ प्रतिशत रहेको विषयप्रति समितिको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले सरकारले ठेक्का रद्ध गर्ने विषयमा समीक्षा गरी तत्काल निर्णय लिन निर्देशन गर्नुभयो । सभापति खड्काले मित्र राष्ट्रहरुको निर्धारित शर्त सहितको अनुदान ऋण सहयोगमा निर्माण तथा स्तरोन्नती भइरहेका राष्ट्रिय स्तरका तथा अन्य सडक तथा पूर्वाधार निर्माणका आयोजनाहरुको निर्माणमा राष्ट्रको हीत नहुने सम्झौता तत्काल समीक्षा गरी पुनारावोलकन गर्नपनि निर्देशन दिनुभयो । उहाँले देशका राष्ट्रिय स्तरका तथा मुख्य सडकहरु नै क्षतविक्षत हुने गरी उपयुक्त योजना बिना पहँुच मार्गहरु निर्माण गर्ने कार्य बढेको सन्दर्भमा यस्ता मार्ग निर्माणको नीतिगत मापदण्ड तत्काल निर्धारण गरी कडाईका साथ कार्यान्वयन गर्नपनि सरकारलाई निर्देशन गर्नुभयो ।

सभापति खड्काले निर्माणधिन अवस्थामा रहेको कर्णालीको कालिकोट–जुम्ला जोड्ने नाग्ना पक्की पुल हालै वर्षले चर्किएको पाइएकाले यसको गुणस्तर र प्राविधिक पक्षका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी यसको प्रतिवेदन समितिलाई बुझाउन भौतिक मन्त्रालयलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘ देशकै व्यापारीक मार्गको रुपमा परिचित,एशियन हाईवेयको रुपमा स्तर उन्नतिमा अगाडि बढाइएको नारायणघाट बुटवल सडक पूर्वीखण्ड नेपाल नवलपरासी,दाङ पश्चिम बुटवल सडक खण्डको बारेमा समितिले गम्भिरता पूर्वक चासो लिएर आयोजनाको कार्य प्रगतिको स्थलगत अनुगमन गरी सडक निर्माणका समस्या समाधानको लागि २०७८ माघ २८ गतेको बैठकमा महत्वपूर्ण निर्देशन भएका थिए । आयोजनाको निर्माण अवधि सकिनै लाग्दा अहिलेसम्म पनि सम्पन्न भौतिक प्रगति १८.४४ प्रतिशत रहेको विषयप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको छ । समयमा नै आयोजना सम्पन्न गर्ने विषयमा न्यून र निराशाजनक कार्य प्रगतिको कारण आयोजनाको ठेक्का नै रद्ध गर्नुपर्ने अवस्था सिर्जना भएको विषयलाई गम्भिरतापूर्वक ध्यानाकर्षण गरी आवश्यक कारबाही अगाडि बढाउदा आयोजनाको लागत नबढ्ने गरी निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न गर्न तत्काल समीक्षा गरी उपयुक्त निर्णय लिन समिति नेपाल सरकार प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

सभापति खड्काले भन्नुभयो,‘ मित्र राष्ट्रहरुको निर्धारित शर्त सहितको अनुदान ऋण सहयोगमा निर्माण तथा स्तरउन्नती भइरहेका राष्ट्रियस्तरका र अन्य सडक तथा पूर्वाधार निर्माणका आयोजनाहरु निर्धारित समयमा र गुणस्तरीय रुपमा सम्पन्न हुन नसकेको र आर्थिक व्ययभार समेत वृद्धि भइरहेको सम्बध सरोकारवाला र सरकारी निकायको मूल्याङ्कन भएर समग्र राष्ट्रको हीतमा राखि यस्ता सम्झौताको तत्काल समीक्षा गरी पुनारावोलकन गर्न समिति नेपाल सरकार प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । देशका राष्ट्रिय स्तरका तथा मुख्य सडकहरु नै क्षतविक्षत हुनेगरी उपयुक्त योजना बिना पहँुच मार्गहरु निर्माण गर्ने कार्य बढेको सन्दर्भमा यस्ता र्माग निर्माणको नीतिगत मापदण्ड तत्काल निर्धारण गरी कडाईका साथ कार्यान्वयन गर्न समिति नेपाल सरकार प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । निर्माणाधीन अवस्थामा रहेको कर्णालीको कालिकोट जुम्ला जोड्ने नाग्ना पक्की पुल हालै वर्षाले चर्किएको पाइएकाले यसको गुणस्तर र प्राविधिक पक्षका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी यसको प्रतिवेदन समितिमा पठाउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

सभापति खड्काले भन्नुभयो,‘ छिमेकी राष्ट्र भारतको एजिएम बैंकको सहयोगमा निर्माणधिन नुवाकोट जिल्ला अन्तगतको बालाजु रानीपौवा सडकखण्ड स्तर उन्नतिको कार्यगर्दा साविकमा भएको पिच डोजलर लगाई क्षतविक्षत बनाइ हालसम्म सम्पन्न नभएको विषयलाई ध्यानमा राखि समितिको २०७८ पौष २८ गतेको बैठकबाट गुणस्तर र समयमा नै सम्पन्न गर्न निर्देशन भएको थियो । हाल डकको ठेक्का रद भई निर्माणको कार्य अवरुद्ध भएको सन्दर्भमा देशको उतरी नाकाबाट राजधानी जोड्ने त्यस्तो महत्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । हालैको अविरल वर्षाले आएको बाढी तथा पहिरोले विभिन्न जिल्लाहरुको पूर्वाधारहरुमा अत्याधिक मात्रामा क्षति पुगि यातायात सेवा अवरुद्ध हुँदा दैनिक रुपमा हुने आवात जावातलाई कष्ठकर बनाएको छ । यस विषयमा मध्यनजर राख्दै नजिकिँदै गरेको नेपालीहरुको महत्वपूर्ण चाडहरुलाई समेत ध्यानमा राखि क्षतिग्रस्त पुल तथा सडकहरुको तत्काल मर्मत गरी यातायात सेवालाई सहज रुपमा सुचारु गर्ने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

सभापति खड्काले छिमेकी राष्ट्र भारतको एजिएम बैंकको सहयोगमा निर्माणधिन नुवाकोट जिल्ला अन्तर्गतको बालाजु रानीपौवा सडक खण्डको ठेक्का रद्ध भई निर्माणको कार्य अवरुद्ध भएको सन्दर्भमा देशको उतरी नाकाबाट राजधानी जोड्ने महत्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिनुभयो । उहाँले समितिको २०७८ पौष २८ गतेको बैठकबाट गुणस्तर र समयमा नै सम्पन्न गर्न निर्देशन दिएको बताउनु भयो । सभापति खड्काले हालैको अविरल वर्षाले आएको बाढी तथा पहिरोले विभिन्न जिल्लाहरुको पूर्वाधारहरुमा अत्याधिक मात्रामा क्षति पुगि यातायात सेवा अवरुद्ध हुँदा दैनिक रुपमा हुने आवत जावतलाई कष्ठकर बनाएको भन्दै क्षतिग्रस्त पुल तथा सडकहरुको तत्काल मर्मत गरी यातायात सेवालाई सहज रुपमा सुचारु गर्ने आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभयो ।