२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

अत्यधिक वर्षाका कारण तनहुँको पुल भत्कियो

अत्यधिक वर्षाका कारण तनहुँको पुल भत्कियो
अ अ+ अ-

गण्डकी । केही दिनयताको अत्यधिक वर्षाका कारण पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग भत्किएको छ ।

मालेपाटनतर्फको पुलको जग आज बिहान १०ः३० बजे भत्किएको स्थानीय युवा बाबुराम मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पुल भत्के पनि कुनै मानवीय क्षति भने भएको छैन । 

गत वर्षदेखि नै जोखिममा परेको पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा यस वर्ष गत असार ३ गतेको बाढीले क्षति पुर्‍याएको र त्यसयता दिनानुदिन क्षति बढ्दै सेराबेँसी युवा क्लबका पूर्वअध्यक्ष एवं सेराबेँसी टोल विकास संस्थाका सचिव किशोर घिमिरेले बताउनुभयो ।

पुल भत्केसँगै आजदेखि कास्कीको मालेपाटनसहितका स्थलका साथै तनहुँको सेराबेँसी लगायतका स्थलका सर्वसाधारणको आवतजावत नै बन्द भएको बताउँदै उहाँले तत्काल अन्य वैकल्पिक व्यवस्थापनका लागि राज्यस्तरबाटै पहल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
    
नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ एक सय १९ मिटर छ । कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गर्दै जाँदा अन्ततः संरक्षणकै अभावमा भत्कने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ । 

कास्की पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकलगायत स्थानका बासिन्दाका लागि पुल बरदान साबित भएको थियो । (रासस)