९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको बेवास्ताले मासिँदै त्रिचन्द्र कलेज, भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य (भिडियो रिर्पोट सहित)



अ+ अ-

काठमाडौं । मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् । 

भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका भवनहरुमा पानी चुहिने, गाह्रो भत्किएको र केही कक्षाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ । उहाँले कलेजका भवनहरुमा २० सेन्टीमिटरसम्मको धाँजा परेको र त्यहाँ जान पनि डरलाग्ने ठाउँमा अहिलेसम्म भवनको जिर्णोद्धार नगरिदिँदा बाध्य भएर कलेजको पठनपाठन सञ्चालन गरिरहनुपरेको बताउनुभयो ।

विभाग प्रमुख गजुरेलले भन्नुभयो, ‘यो भवनको अवस्था दक्षिणपटि म्याथम्याटिक्सको कक्षा सञ्चालन हुने ठाउँ पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ, उत्तरपटिको भागमा भूगर्व शिक्षण विभागको ठूलो प्रयोगशाला थियो, कक्षा रुम, ल्याब रुम, जेनेरेटर राखेको रुम थियो, त्यो सबै क्षतिग्रस्त भएर २०७२ सालदेखि हामी त्यहाँ छिर्न सकेका छैनौँ, त्यहाँ धेरै ठूलो धाँजा छ, त्यो नापेर हेर्दा पनि कम्तिमा १५/२० सेन्टिमिटरको छ, त्यहाँ गयो भने कहिले खस्ला र हामीलाई पुर्ला भन्ने डर हुन्छ, अहिले हामी बसेको भवनमा पनि पानी चुहिएको छ जताततै, कक्षाकोठाहरुमा पानी चुहिएको छ, विद्यार्थीहरुलाई पढाउनलाई धेरै नै कठीन छ, २०७२ को भूकम्पले क्षति भएपछि यो भवनमा रातो स्टीकर टाँसिएको थियो, केही समय यसलाई पूरै छोडेर सरस्वती सदनमा दुःखका साथ सञ्चालन गरेका थियौँ, तर केही सीप नलागेपछि हामी यता सरेका हौँ, तर अहिलेसम्मको स्थितीमा कुनै पनि जिर्णोद्धार भएको छैन, माथिबाट ढुङ्गा खस्छ, विद्यार्थी, शिक्षक र कर्मचारीहरुको सुरक्षाको लागि धेरै जोखिम मोल्नुपरेको छ, यो बाध्यात्मक कुरा हो ।’

विभाग प्रमुख गजुरेलले औपचारिक र उच्च शिक्षा थालनी गरेको कलेजको अवस्था अहिले दयनीय रहेको बताउनुभयो । उहाँले २०७२ सालको महाभूकम्पबाट जीर्ण र क्षतिग्रस्त भएको अवस्थालाई हालसम्म कतैबाट पनि प्रवलीकरण गर्न नसक्नु दुखद भएको बताउनुभयो । विभाग प्रमुख गजुरेलले नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन नबन्दा इतिहासबाटै मेटिने डर भएको बताउनुभयो ।