२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री प्रकरणः संसदीय छानबिन समितिले प्रतिवेदन लेख्न थाल्यो



अ+ अ-

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले प्रतिवेदन लेख्न थालेको छ ।

घटनाबारे अध्ययन तथा अनुसन्धानको काम सकिएपछि आजदेखि प्रतिवेदन लेख्न थालिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

समितिलाई दोस्रो पटक थपिएको समय आज सकिँदैछ । आज प्रतिवेदन लेखिसकेर भोलि संसद सचिवालयमा बुझाउने तयारी समितिको छ । तर, प्रतिवेदनले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा पुगेका हुन् या होइनन् भन्ने बारेमा ठ्याक्कै निक्र्योल गर्न सकेको छैन ।

अर्थ मन्त्रालयले डिलिट भयो भनेको सीसीटीभी फुटेज प्रहरीको फरेन्सिक ल्याबमार्फत हार्डडिस्क रिकभर भएको छ । फुटेजमा स्पष्ट दृष्य नभएको र भरपर्दो प्रमाण नभेटिँदा समितिले करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्न पुष्टि गर्ने आधार फेला पार्न सकेको छैन । समितिले हिजो फरेन्सिक ल्याबकै विज्ञसँग पनि छलफल गरेको थियो ।

बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । आरोप लागेपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।