२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री प्रकरणः संसदीय छानबिन समितिले प्रतिवेदन लेख्न थाल्यो



अ+ अ-

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले प्रतिवेदन लेख्न थालेको छ ।

घटनाबारे अध्ययन तथा अनुसन्धानको काम सकिएपछि आजदेखि प्रतिवेदन लेख्न थालिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

समितिलाई दोस्रो पटक थपिएको समय आज सकिँदैछ । आज प्रतिवेदन लेखिसकेर भोलि संसद सचिवालयमा बुझाउने तयारी समितिको छ । तर, प्रतिवेदनले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा पुगेका हुन् या होइनन् भन्ने बारेमा ठ्याक्कै निक्र्योल गर्न सकेको छैन ।

अर्थ मन्त्रालयले डिलिट भयो भनेको सीसीटीभी फुटेज प्रहरीको फरेन्सिक ल्याबमार्फत हार्डडिस्क रिकभर भएको छ । फुटेजमा स्पष्ट दृष्य नभएको र भरपर्दो प्रमाण नभेटिँदा समितिले करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्न पुष्टि गर्ने आधार फेला पार्न सकेको छैन । समितिले हिजो फरेन्सिक ल्याबकै विज्ञसँग पनि छलफल गरेको थियो ।

बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । आरोप लागेपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।