१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेशसभा सदस्य मीना नेपालले रोजिन् नेकपा एस



अ+ अ-

हेटौंडा । नेकपा एमालेबाट निर्वाचित वागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् ।

ज्ञवालीले शुक्रबार हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेकी हुन् । 

समानुपातिक सांसद ज्ञवालीले नेकपा एस राजेसँगै वागमती प्रदेशसभामा नेकपा एसका १३ जना सांसद पुगेका छन् ।

यसअघि राजेन्द्र पाण्डेसहित ११ सांसदले नेकपा एसको पक्षमा सनाखत गरिसकेका छन् । 

अब वागमतीमा एमालेका ५६ जना सांसद रहेकोमा ४३ जना बाँकी रहेका छन् ।