काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा नयाँ सदस्य सचिवमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् । नेपाल सरकार प्रधानमन्त्रीस्तरको आज भएको निर्णय अनुसार डा.थापालाई कोषको सदस्य सचिवमा नियुक्त गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको ४ वर्षे कार्यकालका लागि उनलाई नियुक्त गरिएको छ । थापासँग यस अघि कोषको कोषध्यक्षको रुपमा ४ वर्ष काम गरेको अनुभव छ ।











