• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

महँगीविरुद्ध काठमाडौंमा थाल ठटाउँदै राप्रपाका महिलाहरुले गरे प्रदर्शन (तस्बिरसहित)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज थाल, चम्चा ठटाएर विरोध प्रदर्शन गरेको छ ।

मूल्यवृद्धि, बलात्कार, महिला हिंसा, नागरिकता विधेयकलगायतको विरोध गर्दै सो संगठनले भृकुटीमण्डपदेखि माइतीघरसम्म विरोध प्रदर्शन गरेको हो ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशको ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा ‘थाल ठटाउने’ कार्यक्रम घोषणा गरेको थियो ।

भान्सा महँगो भएर थेग्न नसक्ने अवस्थामा पुगिसक्दा पनि चुप लागेर नबस्न जनता ब्युँझाउन र शासकलाई देशभरबाट थालको गुञ्जायमान आवाज सुनाउन, जनताको समस्यामा गम्भीर बन्न बनाउन राप्रपाले दोश्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रमको रुपमा ‘थाल ठटाउने’ कार्यक्रम आयोजना गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।