तनहुँ । नेकपा एमालेबाट विभाजन भई गठित नेकपा एकिकृत समाजवादीको तनहुँमा शंकरनारायण श्रेष्ठ चयन भएका छन् ।
दमौलीमा सम्पन्न भेलाले साविक एमाले समानान्तर जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठको अध्यक्षतामा गठित तनहुँ जिल्ला कमिटीलाई रुपान्तर गरेको हो ।
कमिटीको सचिवमा श्रीराम कार्की छन् । पार्टी केन्द्रीय सदस्य चुडामणि जंगली र प्रतापलाल श्रेष्ठको उपस्थितिमा सम्पन्न भेलाले यस अघि समानान्तर गठित जिल्ला, भ्रातृ संगठन तथा सबै एकाइलाई पार्टी कमिटीमा रुपान्तर गरेको छ ।
यस्तै पार्टीको व्यास अध्यक्षमा मंगलप्रसाद श्रेष्ठ, भानु अध्यक्षमा ऋषि पन्थ, भिमाद अध्यक्षमा काजिमान श्रेष्ठ तथा शुक्लागण्डकी अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ चयन भएका छन् ।
यसैगरी ऋषिङ अध्यक्षमा भुपाल आले, घिरिङ अध्यक्षमा दिपक खाती , देवघाट अध्यक्ष जगन्नाथ श्रेष्ठ, म्याग्दे अध्यक्षमा विष्णु श्रेष्ठ तथा आँबुखैरेनी अध्यक्षमा मुकुन्द अधिकारी चयन भएका छन् ।