२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतबाट चार अर्ब बीस करोड



अ+ अ-

काठमाडौँ । भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले  रु चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ । 

अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँ आयोजित एक सङ्क्षिप्त कार्यक्रममा यहाँस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीले हस्ताक्षर गरेका छन् । भत्केका सांस्कृतिक सम्पदा तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रेका १०३ वटा स्वास्थ्य  केन्द्र उक्त अनुदानबाट पुनःनिर्माण गरिनेछ । 

भारत सरकारको अनुदान सहयोगमा सात जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदाका साथै गोरखा र नुवाकोटमा ५०,००० वटा घर निर्माण भइरहेका छन् । (रासस)