काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)मा काठमाडौं महानगरका दुईसहित ५ वडाध्यक्षले जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।
एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नेमा कामनपा-७ का सुद्धकुमार डंगोल र १५ का ईश्वरमान डंगोल रहेका छन् ।
त्यस्तै बूढानीलकण्ठ नगरपालिका-३ का बालकृष्ण श्रेष्ठ, टोखा(९ का जोगप्रसाद नेपाल, तारकेश्वर-२ का रवीन्द्र केसी, तारकेश्वर-६ की मधु कार्की, शंखरापुर-९ का घनश्याम थापाले पनि एकीकृत समाजवादी रोजेका हुन् ।